Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

चीनले फाइजर खोप लगाउने, कोभिड संक्रमण बढ्यो


ग्लोबल पाना
मंगलबार, पुस १२ २०७९
  • 279
    SHARES

  • images
    चीनले फाइजर खोप लगाउने, कोभिड संक्रमण बढ्यो

    काठमाण्डौ । चीनमा कोभिड संक्रमणका घटनाहरु बढ्न थालेपछि बेइजिङले सामुदायिक स्वास्थ्य केन्द्रहरूमा फाइजरको कोभिड-१९ औषधि प्याक्सलोभिड वितरण गर्ने भएको छ । देशका विभिन्न शहरले संक्रमणको अभूतपूर्व लहरको सामना गरिरहेका बेला सरकारले उक्त निणर्य गरेको हो ।

    images
    images
    images

    संक्रमणका घटना बढेपछि औषधि फार्मेसी र औषधि पसलमा औषधिको अभाव हुन थालेको छ । चाइना न्युज सर्भिसका अनुसार तालिम पाएपछि सामुदायिक चिकित्सकहरूले कोभिड-१९ का बिरामीलाई औषधि वितरण गर्ने र प्रयोग गर्ने तरिकाबारे जानकारी दिनेछन् । यसै महिनाको सुरुमा कोभिड प्रतिबन्ध हटाएपछि चीनमा संक्रमणका घटनामा तीब्र वृद्धि भएका छन् ।

    एउटै सहरमा दैनिक लाखौँलाई संक्रमण हुन थालेको छ । यसैबीच, सरकारले विदेशीका लागि क्वारेन्टाइनमा बस्नु नपर्ने जनाएको छ । जनवरी ८ देखि यो नियम लागू हुने भएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ