Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

हैजा संक्रमितको संख्या ६८ पुग्यो, दूषित पिउने पानी मुख्य कारण


ग्लोबल पाना
बिहीबार , भदौ १३ २०८१
  • 258
    SHARES

  • images
    हैजा संक्रमितको संख्या ६८ पुग्यो, दूषित पिउने पानी मुख्य कारण

    काठमाडौं । सन् २०२४ को १९ जुलाईयता हैजा संक्रमण फैलिइरहेको छ । २७ अगष्टसम्म पाँच जिल्लाका ६८ जनामा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांक छ । ललितपुरमा सबैभन्दा धेरै ४८ जना संक्रमित भएका छन् । काठमाडौंमा ९, कैलालीमा आठ, र प्युठानमा दुईजनामा हैजा पुष्टि भएको ईडीसीडीले जनाएको छ ।

    images
    images
    images

    संक्रमित हुनेमा ३० जना महिला र ३८ पुरुष छन् । १४ वर्षमुनिका १० जनामा हैजा पुष्टि भएको ईडीसीडीले जनाएको छ । हैजा संक्रमणको मुख्य कारण दूषित पिउने पानी नै भएको ईडीसीडीले जनाएको छ । ईडीसीडीद्वारा सार्वजनिक रिपोर्टमा काठमाडौं र ललितपुरमा हैजा फैलिनुका कारणहरूमा शुद्धीकरण नगरिएको पिउने पानी, भारी वर्षापछि फुटेका ढल मिसिएको पानी, अव्यवस्थित सहरीकरण र असुरक्षित खानेपानीका स्रोतहरू भएको उल्लेख छ ।

    यो वर्ष देखिएका हैजा संक्रमितमध्ये अधिकांश सिकिस्त र अस्पताल भर्ना गर्नुपर्ने बिरामी रहेको पनि रिपोर्टमा उल्लेख छ । अहिले भने अस्पतालमा केस नभएको ईडीसीडीले जनाएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ