काठमाडौं । स्वतन्त्र पत्रकार संघले सचेतनामुलक कार्यक्रम गर्दै तिज कार्यक्रम भब्य रुपमा सम्पन्न गरेकाे छ । तिज नजिकिएसगै शुभकामना आदनप्रदान तथा दर खाने कार्यक्रम चलिरहेका बेला स्वतन्त्र पत्रकार संघ काठमाडौं शाखाले पनि गाेंगबु अवस्थित एक हाेटलमा अहिले भैरहेकाे तिज विकृतिकाे चिरफार गर्दै तिजकाे रमझम मात्र नभई रक्तअल्पता सम्बन्धि सचेतनामुलक कार्यक्रम गरेर उदारणिय तिज मनायाे ।
स्वतन्त्र पत्रकार संघ काठमाडौं शाखाले आयोजना गरेको तिज विशेष कार्यक्रममा महिला दिदिवहिनीहरुका लागि रक्तअल्पता सम्बन्धी राेगकाे बारेमा वरिष्ठ रगत राेग विषशेज्ञ डा. अजय झा ले प्रष्ट पार्नु भयाे ।
तिज आउनु एक महिना अघिबाट नै यस्ता कार्यक्रमले समाजमा विकृती ल्यायाे भनेर चर्चा चलिरहदा स्वतन्त्र पत्रकार संघले भिन्न किसिमवाट यस तिज कार्यक्रमको आयोजना गरेकोमा उपस्थित महिला दिदिवहिनिहरुमा एक किसिमकाे छुट्टै अनुभव तथा हौसला बढेकाे देखियाे ।
अन्य तिजका कार्यक्रममा दर खाने, गाउने र नाच्ने मात्र हुने गर्थे, तर यस कार्यक्रममा भने रमाइलो सगसगै देशको नागरिकहरुको लागि साेचेर कार्यक्रम गरेको पाइयो । अझ बढी मात्रामा तिज महिलाहरुको विशेष भएको हुदा रक्तअल्पता अर्थात रगतको कमी के कारणले हुन्छ? यसकाे राेकथाम कसरी गर्न सकिन्छ? जस्ता विषय बस्तुहरुको जानकारी डा. झाले प्रदान गर्नु भएको थियाे ।
कार्यक्रममा प्रमुख अतिथि नेपाली काग्रेसका केन्द्रीय सदस्य युवा समाजसेवी नैंन सिंह महरले गमलामा पानी हालेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियाे । स्वतन्त्र पत्रकार सघं काठमाण्डौँले आयोजना गरेको कार्यक्रमको मुख्य आकर्षण नेपाली काग्रेस केन्द्रीय सदस्य तथा पुर्व ने वि संघ तथा समाजसेवी नैंन सिंह महर हुनुहुन्थ्यो । उहाँले तिज सस्कृतिको महत्वको बारेमा उल्लेख गर्दै मौलिक सस्कृतिमाथीको आक्रमणबाट जोगाउनु पर्ने कुरा सबैमा अपिल गर्नु भएकाे थियाे ।
उहाँले यस कार्यक्रममा रक्तअल्पता जस्तो जटिल रोगको विषयमा जानकारीमुलक सन्देश प्रवाह गरेकोमा आयोजक टिमलाई धन्यवाद समेट प्रकट गर्नु भएकाे थियाे । यो कार्यक्रम तिजको अन्य कार्यक्रम भन्दा फरक भएको समेत बताउनु भयाे ।
कार्यक्रममा वरिष्ठ पत्रकार तथा समाजसेवी श्रीराम पुडासैनीले सूचना प्रविधि क्षेत्रमा प्रिन्ट, अनलाइन, बिद्युतीय सञ्चार माध्यमहरुमा कार्यरत पत्रकारहरुको संस्था स्वतन्त्र पत्रकार संघ नेपालले यस्तो किसिमको कार्यक्रम आयोजना गरेकोमा खुशी व्यक्त गर्दै अब पत्रकारहरुले अरुको सुचनामात्र सम्प्रेसन गर्नै होईन आफै पनि यस्ता जनचेतनामुलक कार्यमा लाग्नुपर्नै बताउदै यस संस्थाले गरेकोे कार्यक्रम उदाहरणीय रहेको बताउनु भयो ।
त्यस्तै कृषि विकास बैंकका विभागिय प्रमुख गिरीधारी पाैडेलले यसरी सचेतनामुलक कार्यक्रम गरि तिज मनाउँदा महिला दिदिवहिनिहरुलाई हौसला मिल्ने र आफ्नाे मौलिकतालाई जर्गना गर्नु पर्नेमा जाेड दिनु भयाे । उहाँले यसरी रगत राेग विशेषज्ञलाई ल्याएर रक्तअल्पता सम्बन्धि ज्ञानमुलक शन्देश प्रवाह गरि तिज मनाएकाेमा स्वतन्त्र पत्रकार संघलाई विशेष धन्यवाद दिनु भयाे ।
स्वतन्त्र पत्रकार संघ काठमाडाैं जिल्ला अध्यक्ष पुष्कर राज पाण्डेले कार्यक्रमलाई समापन गर्दे सम्पुर्ण मान्यजनको भनाईलाई सम्बोधन गर्नु भएकाे थियाे । स्वतन्त्र पत्रकार संघ काठमाडौं जिल्लाले विगतमा पनि यस्तै विभिन्न किसिमका कार्यहरु गर्दै आएको कुरा उदृत गर्दे आगामी दिनमा पनि सञ्चार माध्यमको भुमिका निभाउँदै समाजमा भएका विकृतीहरु हटाउन सचेतनामुलक कार्यलाई पनि सस्थाले संगै लाने बताउनु भयाे ।
विशिष्ट व्यक्तित्वहरु, कलाकारहरु, पत्रकारहरु, महिला दिदिवहिनिहरु लगायतकाे बाक्लाे उपस्थितिमा सभ्य र भव्यताका साथ कार्यक्रम सम्पन्न भएकाे थियाे ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


