Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

सरकारले राजदूत नियुक्ति गर्दा समावेशितालाई ध्यान दिन्छ : परराष्ट्रमन्त्री राणा


ग्लोबल पाना
सोमबार, भदौ २४ २०८१
  • 284
    SHARES

  • images
    सरकारले राजदूत नियुक्ति गर्दा समावेशितालाई ध्यान दिन्छ : परराष्ट्रमन्त्री राणा

    काठमाडौं । परराष्ट्र मन्त्री आरजु देउवा राणाले सरकारले राजदूत नियुक्ति गर्दा सकेसम्म समावेशी बनाउने प्रयास गरेको बताएकी छन् । सोमबार संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै मन्त्री देउवाले राजदूत नियुक्ति र सिफारिस गर्दा सरकारले सकभर समावेशी नै बनाउने प्रयास गरेको बताएकी हुन् ।

    images
    images
    images

    यद्यपि उनले राजदूतबारे केही प्रश्न उठेको स्विकार्दै संसदीय सुनुवाइ समितिको सुझावलाई सरकारले सुन्ने र कार्यान्वयन गर्ने बताइन् । ‘अब हुने राजदूतको नियुक्ति समावेशी नै हुन्छ भन्ने विश्वास दिलाउन चाहन्छु’, मन्त्री राणाको भनाइ छ । ‘समावेशी र समानुपातिकको कुरामा हामी कति समावेशी हुनसक्छौ ? यसपटक पनि महिलालाई प्रमोट नै गरेको हो तर पनि पर्याप्त भएन भन्ने कुरा आएको छ यसलाई आगामी दिनमा सरकारले थप ध्यान दिने नै छ’, मन्त्री राणाको भनाइ छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ