Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

सहकारीको रकम हिनामिनामा निर्दोष छु, अनुसन्धान गर्नुहोस् : सांसद गुरुङ


ग्लोबल पाना
मंगलबार, भदौ २५ २०८१
  • 525
    SHARES

  • images
    सहकारीको रकम हिनामिनामा निर्दोष छु, अनुसन्धान गर्नुहोस् : सांसद गुरुङ

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङले सहकारीको रकम हिनामिनामा आफू निर्दोष रहेको स्पष्टीकरण दिनु भएको छ । मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले संसदीय छानबिनका लागि तयार रहेको बताउनु भयो ।

    images
    images
    images

    उहाँले  भन्नुभयो, ‘विगतमा पनि म निर्दोष प्रमाणित हुँदै आएको छु । म निर्दोष छु, जसले जताबाट अनुसन्धान गरे पनि हुन्छ,’ उहाँले आफूलाई भूतपूर्व श्रीमती ज्योति गुरुङसँग जोड्नु स्वाभाविक नभएको बताउनु भएको छ । नेल्सन मन्डेलाको सन्दर्भ जोड्दै उहाँले भन्नुभयो, ‘सम्बन्धविच्छेद भइसकेपछि नैतिक, कानूनी र व्यावहारिक रूपमा पनि जोड्न मिल्दैन । नेल्सन मन्डेला र उनकी श्रीमती बिनी मन्डेलाका बीचमा पनि सम्बन्धविच्छेद भएको थियो ।

    सम्बन्धविच्छेद भएपछि पनि बिनीका केही मुद्दाहरू आए । तर, नेल्सन मन्डेलालाई त्यसबारे प्रश्न गरिएन बरु यो भनियो कि वैवाहिक सम्बन्ध कायम छँदा पनि एउटाको अपराध अर्कोलाई बोकाउनु नैतिक कानूनले मान्दैन, सम्बन्धविच्छेद भएपछि त झन् मिल्दै-मिल्दैन ।’

    उहाँले सहकारीको रकम हिनामिनाबारे आफूविरुद्ध प्रश्न उठाउने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीलाई ज्योति गुरुङसँग भएको २०७६ फागुन २९ को सम्बन्धविच्छेद नक्कली भएको प्रमाणित गर्न चुनौतीसमेत दिनु भयो ।

    ‘सम्बन्धविच्छेद भएपनि १० वर्षे बालक हुर्काउनुको पीडा म आफैंसँग छ । सम्बन्धविच्छेद भएपछि भूतपूर्व श्रीमतीबारे जानकारी हुने कुरै भएन,’ उहाँले भन्नु भयो । 

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ