Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई र सचिव बीच कार्यसम्पादन करार सम्पन्न


ग्लोबल पाना
शुक्रबार, भदौ २८ २०८१
  • 410
    SHARES

  • images
    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई र सचिव बीच कार्यसम्पादन करार सम्पन्न

    काठमाडौ, जेठ २८ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा मन्त्री विद्या भट्टराई र शिक्षा सचिव डा. दीपक काफ्ले, विज्ञान तथा प्रविधि सचिव विश्वबाबु पुडासैनी बीच कार्यसम्पादन करार सम्पन्न भएको छ।

    images
    images
    images

    बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरू बीच कार्य सम्झौतासँगै मन्त्री भट्टराईले मन्त्रालयमा शुक्रबार सचिवद्वय काफ्ले र पुडासैनीसहित मन्त्रालय मातहतका सहसचिवहरू तथा विभागीय प्रमुखहरूसँग पनि कार्यसम्झौता करार गर्नुभएको हो।

    कार्यसम्झौता करारमा हस्ताक्षर गरेपछि मन्त्री भट्टराईले कार्यसम्पादन लक्ष्य प्राप्तिको प्रतिबद्धता र एकअर्काको पारस्परिक सम्बन्ध, कामको दिशा निर्देश गर्ने आकार निर्देश तथा लक्ष्य, सहकार्य र समन्वयको वातावरण तयार गर्ने साथै काम देखिने दस्तावेज र आम जनतालाई थाहा पाउने व्यवहार भएको उल्लेख गर्दै प्रधानमन्त्री र मन्त्री बीच भएको कार्यसम्झौता करार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयकै एक मार्गनिर्देशन भएको र शिक्षा र विज्ञान जनताको जीवन र दैनिकीसँग तथा कामको प्रभावकारीतासँग प्रत्यक्ष जोडिने बताउनुभयो।

    समृद्ध नेपाल, सुखी नेपाली, समावेशी लोकतन्त्र, लोकतान्त्रिक गणतन्त्र र समाजवाद अनुरूप राज्यव्यवस्थामा हामीले लेखेका कुरा पूरा नभएमा अविश्वास बढ्छ। जनतामा सरकारप्रतिको विश्वास र भरोसा प्रबल हुने गरी काम गर्नुपर्ने मन्त्री भट्टराईले बताउनुभयो।

    कार्यसम्पादन करारले कामलाई शतप्रतिशत सफल र समस्यालाई शून्य बनाउनेमा सहयोगी हुने भन्दै भट्टराईले कार्यसम्पादन करार समस्या समाधान गरेर दक्षता बढाउने र कामलाई नतिजामुखी, प्रभावकारी र समयसीमाबद्ध बनाई सेवाग्राही सन्तुष्टि बढाउने उपाय भएकाले सबैलाई प्रतिबद्ध भएर काममा लाग्न अनुरोध गर्नुभयो।

    कार्यसम्पादन करारलाई कार्यप्रक्रियाको अभिन्न अंग बनाउँदै लक्ष्य पुरा गर्ने वस्तुनिष्ठ आधार निर्धारण गरी सुशासन, ऐन तथा निजामती सेवा ऐनको मर्मअनुसार सो सम्झौता गरिएको मन्त्री भट्टराईको सचिवालयले जनाएको छ।

    बिहीवार प्रधानमन्त्री र मन्त्री बीच सम्पन्न कार्यसम्झौतामा समय, लक्ष्य र सूचक तोकिएर १०० दिनभित्र गरिने ९ वटा, २०० दिनभित्र गरिने ८ वटा र २३ वटा अन्य कार्यसूचक तोकिएका छन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ