Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

कास्कीमा राष्ट्रिय शिक्षा दिवस मनाइयो


ग्लोबल पाना
आइतबार, भदौ ३० २०८१
  • 498
    SHARES

  • images
    कास्कीमा राष्ट्रिय शिक्षा दिवस मनाइयो

    भदौ ३०, पोखरा । कास्कीमा राष्ट्रिय शिक्षा दिवस २०८१ मनाइएको छ। जिल्ला शिक्षा समिति एबम शिक्षा बिकास तथा समन्वय इकाई कास्कीको आयोजनामा आइतबार विशेष समारोहको आयोजना गरि सो दिवस मनाइएको हो।

    images
    images
    images

    कार्यक्रमको प्रतिनिधि सभा सदस्य दामोदर पौडेल बैरागीले उद्घाटन गर्नुभएको थियो । बैरागीले शिक्षालाई सकारात्मक संस्कार संग जोडेर ब्यबहारिक शिक्षा बनाउने तर्फ सबैको प्रयास केन्द्रीकृत गर्नुपर्ने बताउनुभयो। शिक्षा प्राप्त ब्यक्ति संसारको जुनसुकै कुनामा पुगेपनी अब्बल जनशक्तिको रूपमा प्रतिष्पर्धि हुनेगरी पाठ्यक्रम निर्माण गर्न आफुहरूको जोडबल रहेको भन्दै ब्यबसायिक आबश्यकताको आधारमा शिक्षा नीति बनाउनेतर्फ लागेको बताउनुभयो ।

    जिल्ला शिक्षा समिति कास्कीका संयोजक तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले शिक्षा दिवसलाई सप्ताह ब्यापी रूपले देशै भरी मनाउने नेपाल सरकारको निर्णय बमोजिम कास्कीमा आज मनाइएको जानकारी दिनुभयो। पौडेलले दक्ष आबश्यक स्वदेशमै जनशक्ति उत्पादन आजको आबश्यकता भएको बताउनुभयो।

    कार्यक्रममा प्रदेश सभा सदस्यद्वय गणेशमान गुरुङ र प्रकाश बराल, गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का बिखर्ची, गाउँपालिका राष्ट्रिय महा संघ गण्डकीका अध्यक्ष नवराज ओझा कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, सामाजिक बिकास मन्त्रालय गण्डकीका निमित्त सचिब तोयनाथ लम्साल, शिक्षा बिकास निर्देशनालयका निर्देशक अम्बिका प्रसाद आचार्य, बिकास तथा समन्वय इकाई कास्कीका कार्यालय प्रमुख लोकनाथ आचार्य, पेशागत शिक्षक संघसंगठनका तर्फबाट मनिराम कंडेल, शाखा अधिकृत भरतराज बराल सहितले मन्तव्य व्यक्त गर्नुभएको थियो।

    सो अबसरमा जिल्लामा एसइइ परिक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने बिद्यार्थी, शिक्षक र बिद्यालयहरूलाइ सम्मान र बार्षिक प्रकाशन शैक्षिक दर्पणको बिमोचन गरिएको थियो भने विभिन्न बिधालयका बिद्यार्थीहरूले सान्स्कृतिक नृत्य प्रस्तुत गरेका थिए। नेपाल सरकारले "ज्ञान, बिज्ञान, सीप उद्यम र मौलिकता : साझेदारी र प्रणालीगत सक्षमता "यस बर्षको शिक्षा दिवसको आदर्श बाक्य निर्धारण गरेको छ।

    जिल्ला शिक्षा समिति कास्कीका संयोजक तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ