Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

संसदमा अनावश्यक विषय उठ्दा जनतामा निराश बढ्दै : सांसद अर्याल


ग्लोबल पाना
सोमबार, भदौ ३१ २०८१
  • 461
    SHARES

  • images
    संसदमा अनावश्यक विषय उठ्दा जनतामा निराश बढ्दै : सांसद अर्याल

    काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डिपी अर्यालले संसदमा राम्रा  सिनहरु देखाउन नसकेकाले सभा अपमानित भैइरहेको बताएका  छन्  । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै अर्यालले राम्रा विषयहरु संसदमा नउठ्दा जनताहरु निराश हुँदै गइरहेको बताएका हुन्  । 

    images
    images
    images

    उनले  भने,  ‘नयाँ दल आएपछि संसदको बैठक देश विदेशबाट लाइभ हेर्नेको  संख्या बढेको  छ, दुर्भाग्य हामीले  त्यस्तो  राम्रा सिनहरु देखाउन नै  पाइरहेका छैनौं,  यसले  गर्दा  प्रतिनिधिसभाको  अपमान  भैइरहेको  छ,  जनताहरु निराश हुँदै  गैइरहेको अवस्था छ,  केही समय अघि बिना कुनै  प्रमाण संसदीय छानविन विशेष  समितिको  माग गर्नुभयो, हामी अपमानित भएरै  पनि बचतकर्ताको बचत फिर्तामा  केही सहयोग  हुन्छ भने बनाउनुहोस् भनेर बनाउन दियौं, आशा गरौं समितिले कसैको  दबाव  र कसैलाई फेबर नगरि रिर्पोट बुझाउने छ, तर  हिजोदेखि फेरी  हाम्रै विरुद्धमा मिडिया ट्रायल सुरु भएको छ, सदनमा भएका सांसदहरुलाई केही थाहा छैन, सम्बन्धित निकायलाई केही थाहा छैन, तर  सबै सूचनाहरु यही हो भनेर  मिडियालाई कसरी थाहा हुन्छ ?

    यो कुराप्रति ध्यानाकर्षण गराउन चाहन्छु ।’ साथै, उनले अहिले त यत्रतत्र प्रमाणै प्रमाण छताछुल्ल भएको बताए । उनले हामीसँग प्रमाण छ भनेर उफ्रीने सांसदहरु पनि सहकारीको पैसा अपचलनमा परेको बताए

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ