Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

काठमाडौंवासीलाई दशैँअघि नै मेलम्चीको पानी उपलब्ध गराउन खानेपानीमन्त्री यादवको निर्देशन


ग्लोबल पाना
शुक्रबार, असोज ४ २०८१
  • 287
    SHARES

  • images
    काठमाडौंवासीलाई दशैँअघि नै मेलम्चीको पानी उपलब्ध गराउन खानेपानीमन्त्री यादवको निर्देशन

    काठमाडौं । काठमाडौंमा दशैँको घटस्थापना अघि नै पथान्तरण हुने भएको छ । काठमाडौंंमा मेलम्चीको पानी पथान्तरणका लागि अहिले सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । दशैँअगाडि नै मेलम्चीको पानी उपलब्ध गराउन खानेपानीमन्त्री प्रदीप यादवले निर्देशन दिएका छन् । सोही अनुसार अहिले मेलम्ची खानेपानी विकास समितिले काम गरिरहेको छ ।

    images
    images
    images

    मेलम्ची खानेपानी विकास समितिका कर्मचारीको टोली काठमाडौंमा जतिसक्दो चाँडो मेलम्चीको पानी पथान्तरणका लागि खटिएका मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिए ।

    उनले भने, ‘मेलम्चीको पानी असोज दोस्रो साताभित्रै काठमाडौंमा ल्याउने तयारीमा छौँ ।’ सोही योजनाअनुसार अहिले काठमाडौँमा बिग्रीएका तथा भत्किएका खानेपानीका पाइप मर्मतसम्भार गर्ने काम भइरहेको छ ।

    वर्खा याम सुरु भएसँगै धमिलो आउन थालेपछि र बाढीले क्षती गर्ने भएका कारण काठमाडौं उपत्यकामा गत असार १० गतेदेखि पानी ल्याउन बन्द गरिएको थियो । बाढीको सम्भावना कम भएसँगै काठमाडौंमा पानी बितरण गर्ने योजना अनुसार तयारी भइरहेको छ ।

    काठमाडौँ उपत्यकामा पानीको माग दैनिक ४३ करोड लिटर रहेको र मेलम्चीबाट गत असार १० गते अघिसम्म १७ करोड लिटर पानी ल्याइएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ