बैतडी। महेन्द्रनगरबाट बैतडीको पुर्चौडी जाँदै गरेको बस दुर्घटना हुँदा मृत्यु भएका ४ जनाको सनाखत भएको छ। मृत्यु हुनेमा बैतडीको पुर्चौंडी नगरपालिका९३ की ४५ वर्षीया जयमति बोहरा, सोही ठाउँकी अन्दाजी २६ वर्षीया कमला बोहरा, उनको दुई दिने शिशु र सोही ठाउँका २२ वर्षीय सहदेव बोहरा रहेको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा पुर्चौंडी नगरपालिका ७ का २४ वर्षीय नवराज साउँद, वडा नं. ६ का २४ वर्षीय राजेन्द्र साउँद, कञ्चनपुरको कृष्णपुर नगरपालिका ४ का २५ वर्षीय दिनेश साउँद, डडेल्धुराको आलिताल गाउँपालिका९१ का २१ वर्षीय मुकुन्द बोहरा, दार्चुलाको मार्मा गाउँपालिका९५ बस्ने ३४ वर्षीया विमला महता रहेका छन्। यसैगरी, कृष्णपुर नगरपालिका ९५ की ६५ वर्षीया धनमती साउँद, पुर्चौंडी९८ का ४२ वर्षीय पदम बहादुर बोहरा, सोही ठाउँका बस चालक २४ वर्षीय वीरेन्द्र बोहरा, वडा नं. ७ का २८ वर्षीय नवराज रतौकी, २० वर्षीय सुरेन्द्र रतौकी, वडा नं. १० का दामोदर महरा र धनबहादुर महरा पनि घाइते भएको डडेल्धुराका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक उपेन्द्र बहादुर बमले बताउनुभयो ।
कञ्चनपुरको महेन्द्रनगरदेखि बैतडीको पुर्चौँडी आउदै गरेको बस डडेलधुराको अमरगढी नगरपालिका९७ खसरेखानमा गएराति दुर्घटना भएको हो। पवनदुत यातायात प्रा।लि।को ना ८ ख १०७८ नम्बरको बस सडकबाट करिब २५० मिटर तल खसेर दुर्घटना भएको थियो। दुर्घटनामा परी १२ जना घाइते भएको जानकारी प्रहरीले दिएको छ । घाइतेहरूको डडेलधुरा अस्पतालमा उपचार भइरहेको डडेलधुरा प्रहरीले जनाएको छ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


