Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम ऐन, २०८१ को मस्यौदामा छलफल


ग्लोबल पाना
बिहीबार , कात्तिक १ २०८१
  • 321
    SHARES

  • images
    प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम ऐन, २०८१ को मस्यौदामा छलफल

    काठमाडौ, कार्तिक १ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम ऐन, २०८१ को मस्यौदामा छलफल गरेको छ । छलफलमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले प्राप्त सुझावहरूलाई समावेश गर्ने, मस्यौदालाई सरोकारवालाहरू सँग अझै घनिभुत छलफल सहित परिपक्व ऐनको मस्यौदा तयार गर्नु पर्ने कुरा बताउनुभयो ।

    images
    images
    images

    सो छलफलमा प्रस्तावित ऐनको मस्यौदामा रहेका परिषद्को गठन, संघीय प्रदेश संरचना, सीप परीक्षण समिति, ऐनले समेट्ने क्षेत्र, अन्तरमन्त्रालय समन्वय, कार्यरत कर्मचारीको सेवा सुविधाको निरन्तरता र कर्मचारी समायोजन जस्ता विषयमा सहभागीहरूले आ आफ्ना सुझाव तथा धारणा व्यक्त गर्नु भएको थियो ।

    कार्यक्रममा उक्त मन्त्रालयका सचिव, महाशाखा प्रमुखहरू, सिटिइभिटीका सदस्य सचिव र निर्देशकहरू सहभागी भएको जनाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको अध्यक्षतामा छलफल कार्यक्रम सम्पन्न भएको शिक्षा मन्त्रालय स्रोतले जानकारी दिएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ