बैतडी । बैतडीमा जारी १५औँ संस्करणको एनआरवाइसी टी-१० क्रिकेट प्रतियोगिता अन्तर्गत आयोजक एनआरवाइसी ए सेमिफाइनलमा प्रवेश गरेको छ । लगातार दोस्रो जित निकाल्दै आयोजक एनआरवाइसी ए सेमिफाइनलमा प्रवेश गरेको हो । दोस्रो खेलमा आज एनआरवाइसी एले कालशैनी क्रिकेट क्लबलाई २९ रनले पराजित गर्यो ।
दशरथचन्द नगरपालिका-११ स्थित मावि बगलेखानको मैदानमा पहिला ब्याटिङ गरेको एनआरवाइसी एले निर्धारित १० ओभरमा ७ विकेटको क्षतीमा ९७ रन बनायो । जसमा सन्तोष विजलेले ३६ रनको योगदान गरे । कुल ९८ रनको लक्ष्य पछ्याएको कालशैनी ६८ रनमा समेटियो । उसका लागि टेकेन्द्र चन्दले १५ रन बनाए भने अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।
एनआरवाइसीका लागि सन्तोष विजलेले ४ विकेट हात पारे । सन्तोष खेलका प्लेयर अफ द म्याच भए । यस्तै आजै भएका अन्य खेलहरुमा एनआरवाइसी बी, कालशैनी, नागार्जुन सिम ए विजयी भएका छन् । नागार्जुन रणसैनी युवा क्लब बठ्ठा (एनआरवाइसी)को आयोजनामा शुक्रबारदेखि सुरु भएको प्रतियोगिता पुस १९ मा सम्पन्न हुनेछ ।
प्रतियोगिताको विजेताले २५ हजार, ट्रफी र मेडल तथा उपविजेता टोलीलाई १५ हजार, ट्रफी र मेडल पाउने आयोजक नागार्जुन रणसैनी युवा क्लबका वरिष्ठ सल्लाहकार श्यामबहादुर चन्दले जानकारी दिए । गत संस्करणको एनआरवाइसी टी-१० क्रिकेट प्रतियोगिताको उपाधि कैलपाल क्रिकेट क्लबले जितेको थियो ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


