Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

डेंगु नियन्त्रणका लागि सिंहदरबारमा सरसफाइ अभियान


ग्लोबल पाना
शुक्रबार, कात्तिक ९ २०८१
  • 276
    SHARES

  • images
    डेंगु नियन्त्रणका लागि सिंहदरबारमा सरसफाइ अभियान

    काठमाडौं। सरकारले डेंगुको महामारी फैलन नदिन देशभरका सरकारी कार्यालय परिसर सरसफाइ अभियान सञ्चालन गरेको छ। बिहीबार साँझको मन्त्रिपरिषद् बैठकले शुक्रबार बिहान १० बजे देशभरका सम्पूणर् सरकारी कार्यालय परिसरमा सरसफाइ गर्ने निणर्य गरेसंगै सरसफाइ अभियान सञ्चालन गरिएको हो। केही जिल्लामा डेंगुको प्रकोप बढिरहेकाले यसलाई तत्कालै रोकथाम गर्न देशव्यापी रुपमा ‘लामखुट्टे खोजी र नष्ट’ अभियान थालिएको हो।

    images
    images
    images

    सरकारले डेंगु नियन्त्रणमा सक्रिय सहभागिताका लागि सरोकारवाला निकाय, निजामती कर्मचारी, सुरक्षा निकाय, सामाजिक अभियन्ताका साथै आमनागरिक समक्ष आग्रह गरेको छ।

    सरकारको निणर्यसँगै ‘लामखुट्टे खोजी र नष्ट’ अभियान अन्तर्गत सिंहदरबारमा समेत सरसफाइ गरिएको नायवसुव्वा रामकुमार लम्सालले जानकारी दिए। डेंगु फैलन नदिन पानी जम्ने ठाउँ, मोटर ग्यारेज, कवाडी स्टोरलगायत जोखिम भएका स्थानमा सरसफाइ अभियानलाई निरन्रता दिने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ