Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

आफूलाई सहकारी ठग भनिएकोप्रति उपसभापति गुरुङको आपत्ति


ग्लोबल पाना
बुधबार, कात्तिक २८ २०८१
  • 475
    SHARES

  • images
    आफूलाई सहकारी ठग भनिएकोप्रति उपसभापति गुरुङको आपत्ति

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफूलाई सहकारी ठग भनेकोप्रति गम्भिर आपत्ति जनाएका छन् । उपसभापति गुरुङले सञ्चार माध्यमहरुले आफूलाई सहकारी ठग भन्दै बारम्बार समाचार सम्प्रेषण गरेकोप्रति आपत्ति जनाउदै आफ्नी पुर्व श्रीमती ज्योति गुरुङलाई पक्राउ गरी अनुसन्धान गर्न माग गरेका हुन् ।

    images
    images
    images

    आफूले गलत तरिकाले सम्पत्ति कमाएको भए राज्यका निकायले जहिलेपनि छानिबन गर्नसक्ने गुरुङको भनाइ छ ।

    गुरुङले आफूजस्तो सादगी जीवन बिताउने, निष्ठाको राजनीति गर्ने र सुशासनको पक्षमा जीवनभर लडिरहेको कांग्रेसको इमानदार कार्यकर्तालाई दैनिकजसो सार्वजनिक कार्यक्रम र मिडियाहरुमा ठग हो, दोषी हो भन्दै कपोकल्पित प्रचार भइरहेको भन्दै आपति प्रकट गरेका छन् ।

    उनले आफ्नी पूर्व श्रीमती ज्योति गुरुङ जहाँ भएपनि खोजी गरी अनुसन्धान गर्न माग गर्दै सहकारीको अपचलन गरेको पैसा पीडितलाई फिर्ता गर्न माग गरेका छन् ।

    dhanraj1.png
    undefined

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ