Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

शिक्षा मन्त्री भट्टराइद्वारा कार्यालयहरूको आकस्मिक निरीक्षण


ग्लोबल पाना
बिहीबार , कात्तिक २९ २०८१
  • 294
    SHARES

  • images
    शिक्षा मन्त्री भट्टराइद्वारा कार्यालयहरूको आकस्मिक  निरीक्षण

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बिद्या भटटराईले सानोठिमी स्थित विभिन्न कार्यालयहरूको बिहिबार आकस्मिक निरीक्षण गर्नुभएको छ। विशेष शिक्षा परिषद्को बैठकको अध्यक्षता गर्न परिषदको सचिवालय शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी पुग्नुभएकी मन्त्रीले बैठकपछि केन्द्रका तालिम, शैक्षिक सामग्री विकास र पुस्तकालय सम्बद्ध शाखाको निरीक्षण गर्नुभएको हो ।

    images
    images
    images

    निरीक्षण लगत्तै मन्त्री भट्टराइले एकीकृत पाठ्यक्रम परिमार्जनको कार्ययोजना एक हप्ताभित्र पेस गर्न र पाठ्यसामग्रीलाई भाषिक र चित्राङ्कनका दृष्टिले त्रुटिरहित बनाउन सुझाब दिनुभयो । सो अबशरमा मन्त्री भट्टराइले चिकित्सा शिक्षा आयोग, मान्यता तथा समकक्षता, छात्रवृत्ति र वैदेशिक सम्बधनमा सञ्चालित विद्यालय सम्बद्ध काम गर्ने शाखाको निरीक्षण गरी कार्यप्रवाह, समस्या र चुनौतीबारे जानकारी समेत लिनुभएको छ ।

    शैक्षिक गुणस्तर परीक्षण केन्द्रसँगको अन्तरक्रियामा मन्त्री भट्टराइले अनु‌सन्धान लाई वास्तविक बनाई अनुसन्धानका उपलब्धिलाई कार्यान्वयन गर्नका निम्ति योजनास‌हित अन्तर निकाय समन्वय गर्न सुझाव दिनुभयो। निरीक्षणपछि उहाँले पुस्तकालयमा सबै उमेर समूहका पाठकका लागि उप‌योगी पुस्तक थप गरी पुराना महत्त्वपूर्ण पुस्तकको संरक्षणसहित आधुनिक ढङ्‌गले पुस्तकालय व्यवस्थापन गर्नुपर्ने वताउनुभयो ।

    उहाँले शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विकास गरेका स्रब्यदृश्य सामग्रीलाई विद्यार्थीको सहज पहुंचमा पुर्याई विशेषतः कक्षा १० र १२को उपलब्धि सुधार गर्न सक्रिय हुन सबैलाई सचेत गराउनुभयो । प्राप्त स्रोत साधनबाट छिटो छरितो सेवा प्रदान भइरहेको वैदेशिक अध्ययन अनुमति पत्र (NOC) र छात्रवृ‌त्तिसम्बन्धी कामप्रति सन्तु‌ष्टि ब्यक्त गर्दै जनसेवामा समर्पित हुन कर्मचारीलाई आग्रह गर्नुभयो ।

    कार्यालय निरीक्षणका क्रममा केही कर्मचारी कार्यकक्षमा अनुपस्थित भएको र सो बारेमा पनि मन्त्री भट्टराइले चासो राख्नुभएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ