Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

शैक्षिक चलचित्र कार्तिक ३० गते कालोपाटी सिडि नेपाल युटुब च्यानल मार्फत सार्वजनिक गरिने


ग्लोबल पाना
बिहीबार , कात्तिक २९ २०८१
  • 339
    SHARES

  • images
    शैक्षिक चलचित्र कार्तिक ३० गते कालोपाटी सिडि नेपाल युटुब च्यानल मार्फत सार्वजनिक गरिने

    काठमाडौं । आवाज आर्ट क्रिएशन प्रा लिले  निर्माण  गरेको शैक्षिक चलचित्र कालोपाटी  निर्माण गरिएको सात बर्ष पछि युटुब मार्फत सार्वजनिक गरिने भएको छ । उक्त शैक्षिक कथानक चलचित्र कालोपाटि कार्तिक ३० गते शुक्रबार सिडि नेपाल युटुब च्यानलबाट बजारमा आउने निर्माण पक्षले जनाएको हो ।

    images
    images
    images

    यस चलचित्रको  समुदाय, विद्यालयहरुमा प्रदर्शनिले शिक्षक, अभिभावक विद्यार्थीहरुमा सकरात्मक उर्जा जाने र शैक्षिक प्रणाली सुधारमा कोशेढुङा सावित हुने आशा लेखक नवराज गजुरेलको रहेको छ । सात बर्ष अगाडि निर्माण गर्दा फिल्ममा  केही  समस्याहरु रहेको स्विकार्दै विषयबस्तुको उठान राम्रो भएको निर्माण पक्षको दावी छ चलचित्रको मुख्य भुमिकामा रोजिना ढकाल, जनक घिमिरे प्रज्ञान वजगाँई, नवराज गजुरेल, रोहित कार्की, गिता थापा लगायत कलाकारहरुको अभिनय रहेको चलचित्रका निर्देशन दिपक घिमिरेले गरेका छन ।

    कालोपाटीको कथावस्तु हरेक मानिसहरुमा फरक फरक क्षमता रुचि चाहना हुन्छ ।  विद्यालयमा पढदै गरिरहेका विद्यार्थीहरुमा पनि हुन्छ, कोही पढाइमा अब्बल हुन्छन् भने कोही खेलकुदमा हुनसक्छन् कोही साहित्य, गित संगितमा त्यहीँ फरक क्षमता रुचिलाई मध्यनजर गर्दै शिक्षण किर्याकलापमा पनि सुधार गर्नुपर्ने अहिलेको आवश्यकता रहेकोले अभिभावकले आफना बच्चाहरुलाई पढेन मात्रै भन्ने तर त्यसको कारण खोजी नगर्ने बानीले आज धेरै बालबालिका हरु मानसिक रोगको सिकार हुनुपरेको हाम्रै समाजमा देखिरहेका छौ ।  

    विद्यार्थीहरुमा आफू अभिभावकको लागि मात्रै  पढेको छु , हाम्रो चाहाना रुचि संग कोही मतलब राख्दैनन् भन्ने चिन्तामा छन । धेरै विद्यालयहरुमा आज पनि उहीँ पुरानो शैलीले शिक्षण किर्याकलापहरु भैरहेका छन । जसमा विद्यार्थी हरुको रुचि नरहेको कुरालाई नकार्न सकिदैन ।  र विद्यालयहरुमा पुराना शिक्षक र केही नयाँ गरौ भन्ने सोचले शिक्षण पेशामा लागेका  शिक्षकहरु विच ठुलो खाडल छ ।  जसलाई पुर्न सकिएन भने त्यसले झन ठुलो समस्या ल्याउने कुराहरुलाई नकार्न सकिदैन ।

    यि र यस्तै  विषय बस्तुहरुलाइ समेटेर  चलचित्र कालोपाटी  निर्माण गरिएको परिकल्पनाकार कृष्णप्रसाद धितालले जानकारी दिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ