Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

प्लाष्टिक प्रदूषण विरूद्ध विद्यार्थीको अभियान


ग्लोबल पाना
सोमबार, मंसिर ३ २०८१
  • 286
    SHARES

  • images
    प्लाष्टिक प्रदूषण विरूद्ध विद्यार्थीको अभियान

    सप्तरी। रूपनगर क्याम्पस र विद्यार्थीहरूको समूह ‘रूपनगर युथ स्क्वाड’ ले प्लाष्टिक प्रदूषण विरूद्ध वृहत्त र्याली गरी फोहर प्लाष्टिक संकलन गरेका छन्। वातावरण र स्वास्थ्यलाई हानी पुर्याउने जथाभावी फालिएका प्लाष्टिक फोहर नियन्त्रण गर्ने अभियान अन्तर्गत् शनिबार बिहान रूपनगर चोक क्षेत्रबाट प्लाष्टिक फोहर संकलन गरिएको हो।

    images
    images
    images

    रूपनगर नन्दराज संग्रौला क्याम्पसका प्रमुख प्राध्यापक दीपक कुमार गजुरेलको अगुवाइमा सञ्चालन गरिएको प्लाष्टिक प्रदूषण विरूद्धको अभियानमा क्याम्पस सञ्चालक समितिका सदस्य तथा समाजसेवी सुरज पोखरेल, कञ्चनरूप नगरपालिका वडा नम्बर १२ का सदस्य जैनुद्दिन मिया, नेपाल मुस्लिम इत्तेहाद संगठनका केन्द्रीय सदस्य कमरूद्दिन अली, आरडी मेमोरियल एकेडेमीका प्रिन्सिपन प्रकाश दास, क्याम्पसका शिक्षकद्वय पेशल जोशी र श्रवण चौधरी, रूपनगर क्याम्पस र आरडी एकेडेमीका विद्यार्थी, जनप्रतिनिधि, समाजसेवी, राजनीतिज्ञ, पत्रकार तथा स्थानीयहरू समेतको उत्साहजनक सहभागिता उक्त कार्यक्रममा थियो।

    रूपनगर क्याम्पसका केही जागरूक विद्यार्थीहरूको समूह ‘रूपनगर युथ स्क्वाड’ को व्यानरमा आयोजित सो अभियानमा संकलित प्लाष्टिक फोहरबाट ‘इको-ब्रिक’ बनाइने जानकारी ‘रूपनगर युथ स्क्वाड’ का संयोजक आफताब अलीले दिएका छन्। संयोजक अलीका अनुसार ‘प्लाष्टिक फोहरलाई प्लाष्टिककै बोतलमा भरेर, खाँदेर बनाइने ‘इको-ब्रिक’ बाट सार्वजनिक स्थलमा बस्ने मुढा, बेञ्च, कुर्शी आदि बनाउने कार्यक्रम हो यो।’

    आफताब अलीले दिएको जानकारी अनुसार ‘प्लाष्टिक प्रदूषण विरूद्ध जुटौँ’ भन्ने नारा रहेको यो अभियानका लागि पुरक एशिया नामक संस्थाले समेत सहयोग गरेको छ। ‘प्लाष्टिक प्रदूषण विरूद्धको यो अभियान आज एक दिनका लागि मात्र होइन, यसलाई हामी निरन्तर जारी राख्ने छौँ,’ अली भन्छन्।

    प्लाष्टिक फोहर बटुलेर इको ब्रिक बनाइ सार्वजनिक विश्राम स्थल, फूलबारी सजावट जस्ता उपयोगी काममा प्रयोग गरिने यो अभियानले प्लाष्टिक प्रदूषण नियन्त्रण गर्न मद्दत पुग्ने विश्वास क्याम्पस प्रमुख प्राध्यापक गजुरेलको छ।

    स्वच्छ, स्वस्थ्य र हरियो भविष्यको यो अभियानमा सहभागी हुन र सहयोग गर्न चाहने वातावरण प्रेमीहरूले रूपनगर क्याम्पसमा सम्पर्क गर्न सकिने जानकारी प्राध्यापक गजुरेलले दिएका छन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ