Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

शत प्रतिशत नतिजा निकाल्न शिक्षामन्त्री भट्टराईद्वारा कर्मचारीलाई आग्रह


ग्लोबल पाना
सोमबार, मंसिर ३ २०८१
  • 434
    SHARES

  • images
    शत प्रतिशत नतिजा निकाल्न शिक्षामन्त्री भट्टराईद्वारा कर्मचारीलाई आग्रह

    काठमाडौं, म‌‌सिर ३ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक आइतबार सम्पन्न भएको छ । बैठकमा मन्त्रालय अन्तर्गत निकायका चालू आर्थिक बर्ष २०८१/०८२ को पहिलो त्रैमासिक प्रगति समीक्षा भएको छ ।

    images
    images
    images

    छलफलमा शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्री बिद्या भट्टराईले अर्थमन्त्रालय र योजना आयोगका प्रतिनिधि, प्रधानमन्त्री र मन्त्रीबिच भएको कार्यसम्झौतालाई प्राथमिकतामा राखी शतप्रतिशत उपलब्धि हासिल गर्ने गरी कार्यक्रम सम्पन्न गर्न सुझाब दिनुभएको छ। मन्त्री भट्टराईले प्रभाबकारिता र उपलब्धि सेवाग्राहीले प्रत्यक्ष महसुस गर्ने गरेर कार्य सम्पादनमा जुट्न सम्बद्ध कर्मचारीलाई निर्देशन दिदै कमजोर कार्यान्वयन स्थितिलाई सुधार गर्न अनुगमन र पृष्ठपोषणमा जोड दिन आग्रह गर्नुभयो ।

    भट्टराईले नागरिकका मौलिक हक पूरा गर्ने गरी विज्ञान र समाजलाई जोडेर काम गर्नआग्रह गर्दै सामाजिक रूपान्तरका लागि आफैबाट परिवर्तन शुरूवात गर्नुपर्ने उल्लेख गर्नुभयो बैठकमा मन्त्री भट्टराईले विद्यार्थीको सिकाइ उपलब्धि उच्चतम बनाउने कार्ययोजना सहित अनिवार्य तथा निःशुल्क शिक्षाको मर्म पूरा गर्न र सबै निकायसँग समन्वय गर्दै सुधार गर्न कठिनाइ भएका कार्यक्रमबारे बेलैमा छलफल गरी समस्या समाधान गर्न सबैलाई सचेत समेत गराउनुभएको छ ।

    शिक्षा सचिब डा. दिपक काफ्ले र बिज्ञान सचिब विश्व वावु पुडासैनीले सचिव र सहसचिव बिच भएको सम्झौतालाई समेत कार्यक्रम कार्यान्वयन‌को उपलब्धि सूचकाङ्कको रुपमा सम्पन्न गर्न छिटोछरितो सेवा प्रवाह र कार्यरत जनशक्तिको सक्रियतामा जोड दिनुभयो । प्रगति समीक्षामा समितिको कार्यक्षेत्र, अघिल्लो बैठकको निर्णयको कार्यान्वयन अवस्था, शिक्षामा विनियोजित उपशीर्षकको बजेट कार्यान्वयन अवस्था, निकायगत प्रगति अवस्था र माइलस्टोनको प्रगति माथी छलफल भएको थियो।

    समीक्षाका क्रममा ८० प्रतिशतभन्दा बढी प्रगति गर्ने ५० देखि ८० प्रतिगत प्रगति गर्ने र ५० प्रतिशतभन्दा कम प्रगति गर्ने निकायको समस्या, चुनौती र भावी योजनाको छुट्‌टाछुट्‌टै समीक्षा भएको जनाइएको छ। बैठकमा शिक्षासम्बन्धी नीतिगत तथा कानुनी सुधार एवम् योजना बारेमा विस्तृत छलफल समेत भएको मन्त्रालय स्रोतले उल्लेख गरेको छ। समितिको अर्को बैठक २०८१ माघ २० गते बस्नेछ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ