काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशको प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिका विरुद्धमा नक्कली कागजात तयारगरी जनतामा भ्रम सिर्जना गर्नु राष्ट्र र जनताका विरुद्धको षडयन्त्र भएको बताएका छन्।
मेडिकल व्यवसायी दुर्गा प्रसाईले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकम कम्पनिमा लागानी गरेको प्रमाण भन्दै कागजपत्र सार्बजनिक गरेपछि महासचिव पोखरेलले यस्तो टिप्पणी गरेका हुन्।
पोखरेलले भनेका छन्- देशको प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिका विरुद्धमा नक्कली कागजात तयारगरी जनतामा भ्रम सिर्जना गर्नु राष्ट्र र जनताका विरुद्धको षडयन्त्र हो । कुनै पनि समाजका लागि षडयन्त्र र अराजकता त्यस समाजको भविष्यलाई वर्वाद बनाउने विषवृक्ष हो ।
यस प्रकारको षडयन्त्र र अराजकतावाट राष्ट्र र समाजलाई सुरक्षित गर्नु हामी सबैको कर्तव्य हो ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


