काठमाडौं मंसिर ११ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आज शिक्षामा शिक्षाका अनुसन्धान केन्द्रसँग सम्बन्धित विभिन्न निकायहरूसँग अन्तरक्रिया सम्पन्न भयो । उक्त अन्तरक्रियामा त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयका अनुसन्धान केन्द्रहरू, विश्वविद्यालय अनुदान आयोग, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, पाठ्यक्रम विकास केन्द्र, शैक्षिक गुणस्तर परीक्षण केन्द्र, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको उपस्थिति रहेको थियो ।
कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्री विद्या भट्टराईले यस अन्तरक्रियाबाट प्राप्त सुझावहरू ग्रहण योग्य रहेको भन्दै अनुसन्धानबाट प्राप्त निचोडबाट मात्र कार्यक्रमले सार्थकता पाउने उल्लेख गर्नुभयो ।अहिले अनुसन्धान Teaching Based हो वा Research Based learning हो भन्ने स्पष्ट नभएको भन्दै अनुसन्धान केन्द्रलाई Self-sustained गराउनु पर्ने बताउनु भयो । सरकारी तथा विश्वविद्यालयका अनुसन्धान केन्द्रले आफुले गरेका कामको स्वामित्व लिनु आवश्यक छ ।
कार्यक्रमका सहभागीहरूले आफ्ना आफ्ना संस्थाहरूको कार्य प्रस्तुत गर्दै अनुसन्धान केन्द्रका लागि जनशक्ति र बजेट वृद्दी, नेपालको आफ्नो मौलिकतालाई जगेर्ना गर्ने खालको अनुसन्धान हुनुपर्ने, अनुसन्धानलाई Think Tank को रूपमा विकास गरी अनुसन्धान केन्द्रको स्तरोन्नतीको आवश्यकता रहेको सुझाव दिनु भएको थियो ।
अहिले अनुसन्धानको प्रतिवेदन प्राप्त भएतापनि लक्षित समुहसम्म सुझावको कार्यान्वयन नभएको, Database र portal मार्फत research finding share गर्न आवश्यक रहेको, अनुसन्धान केन्द्रहरूले आपसी Colaboration मा कार्य गर्नुपर्ने जस्ता सुझाव दिनु भएको थियो ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


