Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

शिक्षा मन्त्री भट्टराई र बिकास साझेदारहरू बिच शिष्टाचार भेट


ग्लोबल पाना
बुधबार, मंसिर १२ २०८१
  • 288
    SHARES

  • images
    शिक्षा मन्त्री भट्टराई र बिकास साझेदारहरू बिच  शिष्टाचार भेट

    मंसिर १२ काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बिद्या भट्टराईसंग मन्त्रालयको नेतृत्वमा कार्यान्वयनमा रहेको विद्यालय शिक्षा क्षेत्र योजना (School Education Sector Plan- SESP) कार्यान्वयनका संयुक्त विकास साझेदारहरूले शिष्टाचार भेटघाट गरेका छन।

    images
    images
    images

    उक्त अवसरमा मन्त्री भट्टराईले संयुक्त वित्तीय साझेदारका प्रमुख तथा प्रतिनिधिज्यूहरूलाई स्वागत गर्दै विकास साझेदारहरूले नेपालको शिक्षा क्षेत्रमा गर्नुभएको सहायताप्रति प्रशंसा गर्नुभयो। अन्य विकास साझेदारहरूको तर्फवाट हाल कार्यान्वयनको क्रममा रहेको विद्यालय शिक्षा क्षेत्र योजनाको सबै क्षेत्र तथा उपक्षेत्रहरूको समीक्षा गरी आगामी दिनमा सुधार गर्दै लैजानुपर्ने विषयमा नेपाल सरकारसँग संयुक्त रूपमा सहकार्य गर्ने विषय लाई मन्त्री भट्टराईले विशेष जोड दिनुभयो।

    मन्त्री भट्टराईले नेपालको शिक्षा क्षेत्र सुधार गर्न शिक्षकको प्रमुख भूमिका हुने र शिक्षकको गुणस्तर सुधार आवश्यक रहेकोले शिक्षक विकास र व्यवस्थापनको रणनीति, विद्यालय दिवा खाजा, सिकाइ सामग्री विकास र प्रयोग जस्ता विषयहरू प्राथमिकतामा राख्न अनुरोध गर्नुभयो । भेटघाटमा नेपालका लागि नर्वेजियन राजदूत Ms. Torun Dramda ले नर्वे सरकारले नेपालको शिक्षा क्षेत्रलाई बलियो बनाउन कार्यान्वयनको केन्द्रविन्दुको रूपमा रहेको स्थानीय तहको क्षमता विकासमा सहयोग गर्न चाहेको विषय राख्नुभयो ।

    विकास साझेदारको तर्फबाट नेपालका लागि नर्वेजियन राजदूत Ms. Torun Dramda को नेतृत्वमा ,एडिबि ,युएस आइडी ,युनिसेफ , युरोपियन युनियन वर्ल्ड बैंक , जि पि इ का प्रमुख तथा प्रतिनिधिहरूको सहभागीता रहेको थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ