Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

काठमाडौं विश्वविधालयमा मोटर स्पोर्ट्स


ग्लोबल पाना
बिहीबार , मंसिर १३ २०८१
  • 236
    SHARES

  • images
    काठमाडौं विश्वविधालयमा मोटर स्पोर्ट्स

    काठमाडौं। विश्वविद्यालयलको विद्याथीहरुको संस्था एसोसिएशन अफ मेकानिकल इन्जिनियरिङ स्टुडेन्टले, यही मंसीर १३ मा ‘अल नेपाल गो-कार्ट कम्पिटिसन कलेज-टू-कार्ट्स ‘ को तयारी पुरा गएको छ। काठमाडौं विश्वविद्यालयलका विद्याथीहरुको इनोभेटिभ अभियान अभियान्ता ‘२४ नामक वार्षिक फ्लागसिप कार्यक्रमको सन्दर्भमा हुने उक्त ईभेन्ट नेपाल अटोमोबाइल्स एसोसिएशनको ‘कलेज टु कार्ट्स’ इभेन्टसंग संवनयन गरिएको राष्ट्रिय इभेन्ट् हो।

    images
    images
    images

    उक्त कार्यक्रम धुलिखेलको हिमालयन मोटरल्याण्डमा हुने र सो कार्यक्रमको सहभागिहरुको ट्रेनिंग तथा ओरेन्टेशन काठमाण्डौ विश्वविद्यालयलको सभा हलमा हुने भएको छ। उक्त ओरेन्टेशनमा कार्ट्सको डिजाईन तथा शुरक्षा बिधि, प्रतियोगिताको नियमहरु, मर्शलिंग बिधि, तथा राष्ट्रिय मोटो स्पोर्ट्सको ड्राईभरको प्रशीक्षण, लाइसेन्सिंग तथा महिला कार्ट्स ड्राईभरको लागि छुट्टै प्रशीक्षण समेत दिईनेछ, जसले आगामी महिना धुलिखेलमै हुने ‘माउण्ट एभरेस्ट मोटरस्पोर्टस फेस्टिभल २०२४‘ मा सहभागीताको अबशर पाउने छन्।

    ईभेन्टमा नेपालभरिका विभिन्न पाँचवटा इन्जिनियरिङ कलेजका सातवटा टिम र उनीहरुले तयार गरेका कार्ट्स हरुको प्रतिस्पर्धा हुनेछ र प्रत्येक टिमबाट सातजना गरी जम्मा ४९ विद्यार्थीहरुको सहभागीता रहने जनाइएको छ।

    जसको एक बिजयी उत्कृस्ट खेलाडीले आगामी बर्ष श्रीलंकामा हुने एसिया प्यासिफिक मोटो स्पोर्ट चम्पिओंनशिपमा नासा नेपालको तर्फबाट सहभागिताको अवसर पाउने छन्। सम्बन्धित कलेजका खेलाडीले आफ्नो कलेजको सबै टिम मेम्बेरसंग समेत प्रतिस्पर्धा गर्ने छन्। जसबाट प्रत्यक कलेजको बिजेता समेत घोषणा गरिने छन्।

    विद्यार्थीहरुले सो ईभेन्टमा आ-आफ्नो विज्ञता र कौशलता अनुरुप सीप, डिजाईन, सृजनशीलता प्रदर्शन गर्दै प्रतिस्प्रदामा उत्रने भएका छन्। सरकारी ड्राईभिंग तथा राईडिंग लाईसन्स प्राप्त सहभागीहरुले नासा नेपालको ‘मोटर स्पोर्ट्स इन दि बक्स’ कार्यक्रममा सहभागी हुन सक्ने छन् जहाँ उनीहरुले कार्ट्सको छुट्टै प्रतियोगिता सहभागी हुन सक्ने छन्।

    सानीमा हाईड्रोपावर, डब्लू डि एन, नेपाल टेलिकम र अस्टेक नेपालद्वारा प्रायोजित तथा सहकार्य रहेको सो इभेन्ट नासा नेपालमा समेत आब्द्ता रहेको छ।
    सो इभेन्टको कुल पुरस्कार राशी नगद एक लाख पुरस्कार रहेको छ।

    नेपालमा नौलो र चुनौतीपूणर् मानिएको मोटो स्पोर्ट्स विधामा काठमाण्डा विश्वविद्यालयल तथा विभिन्न इन्जिनियरिङ कलेजहरुका बिधार्थीको उत्साह, क्रियासिलता र प्रत्क्षय सहभागिताले नया इनोभेटिभ कार्यमा थप मद्दत पुग्नुका साथै नेपाली मोटो स्पोर्ट्स नया उचाइमा पुग्ने विश्वास काठमाण्डौ विश्वविद्यालयलका बिधार्थी तथा आयोजक संस्थाका सचिब स्वीकार कोइरालाले बताएका छन्।

     



    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ