Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

सातै प्रदेशमा मेडिकल पढाइ हुनेगरी काम अगाडि बढ्दैछ : मन्त्री पौडेल


ग्लोबल पाना
बिहीबार , मंसिर १३ २०८१
  • 270
    SHARES

  • images
    सातै प्रदेशमा मेडिकल पढाइ हुनेगरी काम अगाडि बढ्दैछ : मन्त्री पौडेल

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सातै प्रदेशमा मेडिकल पढाइ हुनेगरी काम अगाडि बढाउने बताएका छन् । बिहीबार नेशनल जोइन्ट एनियुएल रिभ्यु २०२४ को समारोहमा बोल्दै  मन्त्री पौडेलले आवश्यक जनशक्ति, उपकरण, सबैको तयारी अन्तिम चरणमा पुगेको बताएका हुन् ।

    images
    images
    images

    उनले भने, ‘कोशी अस्पतालमा धेरै बिरामीभए भने बिपी कोइराला अस्पताल धरानमा पुर्याउने व्यवस्था आपसी समझदारी र समयमै हुनुपर्छ ।  यस्तो किसिमको प्रणाली विकास गर्नको निम्ती म अनुरोध गर्न चाहन्छु । हामीले अरु स्वास्थ्य संस्था गेटा मेडिकल कलेज बनाउने गरी सातै प्रदेशमा मेडिकल पढाइ हुनेगरी काम अगाडि बढाउन खोजिरहेका छौं ।’


    साथै  उनले आपसमा समन्वय गरेर उपचार प्रणालिलाई व्यवस्थित गर्न र सिमित स्रोत साधनभित्र प्रभावकारीता बढाउन समेत आग्रह गरे । उनले स्वास्थ्य क्षेत्रका कर्मचारिहरुले व्यवसायीक रुपमा नहेरी सेवा प्रदान गर्ने दृष्टिकोणबाट काम गर्न समेत अनुरोध गरे ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ