Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

नेपालमा जियो टेक्निक्स प्रयोगमा चुनौती छ : उपप्रधानमन्त्री सिंह


ग्लोबल पाना
बिहीबार , मंसिर १३ २०८१
  • 278
    SHARES

  • images
    नेपालमा जियो टेक्निक्स प्रयोगमा चुनौती छ : उपप्रधानमन्त्री सिंह

    काठमाडौं । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालमा विज्ञान, इन्जिनियरिङ र जियो इन्जिनियरिङको क्षेत्रमा धेरै चुनौती रहेको बताएका छन्। दिगो पूर्वाधारका लागि जियो टेक्निक्स कार्यक्रमको उद्घाटन गर्दै उनले नेपालमा जलवायु परिवर्तन, भूकम्प, बाढी-पहिरो जस्ता प्राकृतिक प्रकोपले धेरै प्रभाव पारेको चर्चा गर्दै नेपालमा जियो टेक्निक्स प्रयोगमा चुनौती देखिएको बताएका हुन्। काठमाडौंमा आजबाट सुरु भएको अन्तर्राष्ट्रिय सम्मेलन शुक्रबारसम्म चल्नेछ।

    images
    images
    images

    ‘नेपालमा भूकम्प, बाढी-पहिरोले कति धेरै असर पारेको छ? यसका साथै जलवायु परिवर्तन र ग्लोबल वार्मिङले पनि पछिल्लो समय देशमा धेरै परिवर्तन गरेको छ,’ उपप्रधानमन्त्री सिंहले भने,‘नेपालमा विज्ञान, इन्जिनियरिङ र जियो इन्जिनियरिङको क्षेत्रमा धेरै चुनौती छन्। सम्मेलनको उद्देश्य भनेको दिगो पूर्वाधारका लागि जियो टेक्निक्सको प्रयोग भन्ने छ। र, यो नेपालको सन्दर्भमा अत्यन्तै सान्दर्भिक छ।’

    विकासोन्मुख राष्ट्रको रूपमा नेपालमा प्राकृतिक घटना मात्र नभई पछिल्लो समय अव्यवस्थित सहरीकरण, नदी किनारको अतिक्रमण, खराब इन्जिनियर संरचना र अपर्याप्त डिजाइन मापदण्ड र निर्माण प्रविधिको कारणले पनि पीडित हुनुपरेको उनले बताए। ‘मलाई आशा छ कि यो अन्तर्राष्ट्रिय सम्मेलनले हाम्रा युवा र अभ्यास गर्ने भूप्राविधिक इन्जिनियर र भूवैज्ञानिकलाई विश्व प्रविधि, दिगो विकासबारे जान्नका लागि उपयुक्त मञ्च प्रदान गर्नेछ।’

    सम्मेलनमा २५ भन्दा बढी देशका १ सय ५० भन्दा बढी अन्तर्राष्ट्रिय प्रतिनिधि र ३ सयभन्दा बढी सहभागी छन् भने सम्मेलनमा १५ जना प्रमुख वक्ता, १६ विशिष्ट वक्ता, ९० भन्दा बढी प्राविधिक पत्र प्रस्तुत हुने आयोजक संस्था नेपाल जियो टेक्निलकल सोसाइटीका अध्यक्ष मन्दिप सुवेदीले जानकारी दिए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ