Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

स्वास्थ्य मन्त्रालयसँग अनुमति प्राप्त मेडिकल कलेजहरुको अस्पताल शैय्या क्षमता सार्वजनिक, अनुगमन गर्ने तयारी


ग्लोबल पाना
शुक्रबार, मंसिर १४ २०८१
  • 255
    SHARES

  • images
    स्वास्थ्य मन्त्रालयसँग अनुमति प्राप्त मेडिकल कलेजहरुको अस्पताल शैय्या क्षमता सार्वजनिक, अनुगमन गर्ने तयारी

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालयबाट सञ्चालन अनुमति प्राप्त गरेका मेडिकल कलेज तथा विभागीय अस्पतालहरुको विवरण सार्वजनिक गरेको छ । मन्त्रालयले तीन सय शैय्या बढी क्षमतामा मन्त्रालयबाट अनुमति लिएका त्यस्ता कलेजहरुले सञ्चालन गरेका अस्पतालहरुको शैय्या क्षमतासम्बन्धी विवरण सार्वजनिक गरेको हो ।

    images
    images
    images

    मन्त्रालयसँग अनुमति प्राप्त गरेका मध्ये सबैभन्दा धेरै शैय्या रहेको मेडिकल कलेज भरतपुरस्थित चितवन मेडिकल कलेज रहेको छ । कलेजसँग पाँच सय शैय्या क्षमता छ । मन्त्रालयसँग चार सय शैय्या क्षमता सञ्चालनका लागि अनुमति पाएका मेडिकल कलेजको संख्या तीन छ ।

    लुम्बिनी मेडिकल कलेज पाल्पा, लर्ड बुद्ध एजुकेशन एकेडेमी नेपालगञ्ज मेडिकल कलेज  तथा नेपाल मेडिकल कलेज शिक्षण अस्पताल जोरपाटीले चार सय शैय्या क्षमतामा अस्पताल सञ्चालनको अनुमति प्राप्त गरेका छन् ।

    बाँकी मेडिकल कलेज तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीका अस्पतालहरुले भने तीन सय शैय्या क्षमतामा अस्पताल सञ्चालनको अनुमति पाएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शैय्या अनुमतिका आधारमा सेवा सञ्चालन भए नभएको अनुमगनको तयारी गरिरहेको छ । क्षमताभन्दा बढी शैय्या सञ्चालन भए न भएको तथा बढी क्षमताबारे प्रचार भए नभएको स्थिती अनुगमन गरी आवश्यक कारबाही गर्ने मन्त्रालयले तयारी गरिरहेको प्रवक्ता डा। प्रकाश बुढाथोकीले जानकारी दिए ।

     

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ