Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

पीडामा रहेकाहरुलाई सहयोग गर्ने संस्कृति बढाएर लैजानुपर्छः प्रचण्ड


ग्लोबल पाना
शनिबार, मंसिर १५ २०८१
  • 311
    SHARES

  • images
    पीडामा रहेकाहरुलाई सहयोग गर्ने संस्कृति बढाएर लैजानुपर्छः प्रचण्ड

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजमा दुःख पीडामा रहेकाहरुलाई सहयोग गर्नु नेपाली समाजको संस्कृति भएको उल्लेख गर्दै यसलाई बढाएर लैजानुपर्ने बताउनुभएको छ । गत कात्तिक २८ गते झाँक्री प्रकाश भुजेलले चलाएको गाडिको ठक्करबाट ज्यान गुमाएका नारायण नगरकोटी र श्रीमती सानुमाया नगरकोटीका दुई छोरीलाई शैक्षिक सामग्री सहयोग घोषणा तथा हस्तान्तरण कार्यक्रममा उहाँले यस्तो धारणा राख्नुभएको हो ।

    images
    images
    images

    दुर्घटनालगत्तै अध्यक्ष प्रचण्ड कागेश्वरी मनोहरा नगरपालिका २ आलापोटस्थित नगरकोटी निवास पुगेर बाबुआमा गुमाएका दुई छोरी गरिमा र अनु नगरकोटीको अभिभावकत्व लिने घोषणा गर्नुभएको थियो । उहाँको घोषणालाई समथर्न गर्दै उद्धव नेपालले गरिमा र अनुलाई कक्षा १२ सम्म अध्ययन गर्दा आवश्यक पाठ्यपुस्तकलगायतका शैक्षिक सामग्री र पोशाक सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

    सहयोग घोषणा कार्यक्रममा अध्यक्ष प्रचण्डले शैक्षिक सामग्री सहयोग गर्ने नेपाल, घटनालगत्तै एकताबद्ध भएर यो पीडालाई उजागर गर्दै सहयोग सङ्कलन गर्ने आलापोटबासी र निःशुल्क अध्ययनको व्यवस्था मिलाउने विद्यालयलाई धन्यवाद दिनुभयो । उहाँले भन्नुभयो– ‘समाजमा पीडामा भएका र सेवा आवश्यक रहेका व्यक्तिहरुलाई सहयोग गर्ने भावना नेपाली समाजको संस्कृति नै हो, यसलाई बढाएर लैजानुपर्छ ।’

    समाजमा पीडामा रहेकाहरुको अभिभाकत्व सरकारले लिनुपर्ने भए पनि अहिले सरकार एउटा भन्ने र अर्को गर्ने अवस्थामा रहेको टिप्पणी गर्दै सकेसम्म समाजका पीडाहरुलाई नदेखेजस्तो गर्ने र गरे पनि आफ्नाहरुलाई मात्र गर्ने अवस्था रहेको बताउनुभयो । यो बेलामा असक्त र पीडितहरुको पक्षमा समाजले नै बढी जिम्मेवारी लिनुपर्ने आवश्कयता रहेको उहाँले बताउनुभयो ।

    आफूले दुर्घटनामा नगरकोटी दम्पत्तिको ज्यान गएको खबर सुनेपछि आलाकोटमै पुगेर पीडित परिवारलाई भेटेको र स्थानीयबासीलाई पनि संक्षिप्त सम्बोधन गरेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘मेरो घोषणालाई सुनेर सहयोग गर्ने भावना पैदा हुनु महत्वपूर्ण छ, यो एउटा घटना विशेष सहयोग भए पनि दुःखपीडामा परेकाहरुलाई सबैले हातेमालो गरेर सहयोग गर्नुपर्छ भन्ने यो देशैभरिका जनताका लागि एउटा सन्देश पनि हो ।’

    पार्टीले बालिकाहरुको अभिभावकत्व लिने प्रतिबद्धता व्यक्त गरिसकेको उल्लेख गर्दै उहाँले त्यसलाई पूरा गर्ने र कक्षा १२ सम्म पार्टीले नै अभिभावकत्व लिएर बुवाआमा गुमाएका दुई छोरी गरिमा र अनु नगरकोटीलाई राम्रो वातावरणमा पठनपाठनको व्यवस्था मिलाउने बताउनुभयो ।

    सो क्रममा सहयोगी उद्धव नेपालले बालिकाका परिवारलाई शैक्षिक सामग्री पनि हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रम सहजीकरण माओवादी केन्द्रका काठमाडौं जिल्ला सचिव महेश्वर फुयाँलले गर्नुभएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ