Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

नागरिकप्रतिको उत्तरदायित्व महसुस गरेर सुधारमा केन्द्रित हुन शिक्षा मन्त्री भट्टराईको निर्देशन


ग्लोबल पाना
आइतबार, मंसिर १६ २०८१
  • 262
    SHARES

  • images
    नागरिकप्रतिको उत्तरदायित्व महसुस गरेर सुधारमा केन्द्रित हुन शिक्षा  मन्त्री भट्टराईको निर्देशन

    काठमाडौं । शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री बिद्या भट्टराईले नागरिकप्रतिको उत्तरदायित्व महसुस गरेर सुधारमा केन्द्रित हुन मन्त्रालय मातहतका कर्मचारीहरूलाइ निर्देशन दिनुभएको छ ।

    images
    images
    images

    मन्त्री भट्टराईले आइतबार मन्त्रालय अन्तर्गत उच्च ब्यबस्थापन समुहको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रिले खोज्नु भएको रुपान्तरणको योजनालाई हर हमेसा ख्याल गर्दै कार्य सम्पादनको स्तर नागरिकप्रतिको उत्तरदायित्व महसुस गरी सुधार गर्नुपर्ने उल्लेख गर्नुभयो ।

    मन्त्री भट्टराईले कार्ययोजना कार्यान्वयनको कार्यविधि र प्रारूपमा जानु पर्नेमा जोड दिदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कानून मन्त्रालय, अर्थ मन्त्रालय, स्वास्थ्य मन्त्रालय र संघीय सामान्य प्रशासन मन्त्रालय लगायतका मन्त्रालय मातहतका निकायसँग निरन्तर संवाद सहित अन्तरनिकाय समन्वयमा काम गर्न आग्रह गर्नुभयो ।

    समन्वय र सहकार्यको अभावमा कार्य सम्पादन उत्कृष्ट र गुणस्तरीय नहुने हुँदा समन्वय, सहकार्य र सहअस्तित्व प्राथमिकतामा रहनुपर्ने धारणा व्यक्त गर्नुभयो बैठकमा मन्त्रालयका सचिवहरू सहित, महाशाखा प्रमुखहरु, विभागीय प्रमुखहरु लगायतको उपस्थिती रहेको थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ