Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

विद्यालयमा सुरक्षित सिकाई कार्यक्रम चितवनको मोहन मा.वि.मा भव्यताका साथ सम्पन्न


ग्लोबल पाना
मंगलबार, मंसिर १८ २०८१
  • 394
    SHARES

  • images
    विद्यालयमा सुरक्षित सिकाई कार्यक्रम चितवनको मोहन मा.वि.मा भव्यताका साथ सम्पन्न

    चितवन ।  चितवनको भरतपुर १२ अवस्थित मोहन माध्यमिक विद्यालयमा 'विद्यालयमा सुरक्षित सिकाई' (learning environment in school) कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । 

    images
    images
    images


    कार्यक्रममा मोहन माध्यमिक विद्यालय भरतपुर १२ का प्र अ पशुपति घिमिरे, गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा चितवन अध्यक्ष पार्वती घिमिरे दवाडी, NCE Nepal चितवन सचिव कमलराज खनाल, जिल्ला समिति चितवन कोषाध्यक्ष अनिता नेपाली, चितवनपोष्ट राष्ट्रिय दैनिक पत्रिकाका सम्वाददाता किशोर खनाल, सहायक प्रधानाध्यापक प्रेम बराल लगायत उपस्थिति रहेको थियो ।


    मोहन माध्यमिक विद्यालयमा भएको कार्यक्रममा NCE नेपाल चितवन जिल्ला संयोजक रामचन्द्र आचार्यले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । भरतपुर १२ आश्था चोकका माथिल्लो कक्षामा अध्ययनरत ६० जना भन्दा बढी विद्यार्थीहरू सहभागि भएको कार्यक्रममा लैङ्गिक हिंसाले विद्यार्थीको पढाइमा पार्ने असर र हिंसा हुन नदिन अपनाउनुपर्ने सावधानी तथा हिंसा, दुर्ववहार भएमा गर्नुपर्ने क्रियाकलापका बारेमा विद्यार्थीहरुलाई सिकाइएको थियो ।

     
    Messenger_creation_B0B88C08-D424-4B0E-8DE5-05164726FBBD.jpeg
     
     
     

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ