Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

सरकारले गलत गतिविधि नसच्याए सशक्त प्रतिवाद गर्छौं: प्रचण्ड


ग्लोबल पाना
मंगलबार, मंसिर २५ २०८१
  • 285
    SHARES

  • images
    सरकारले गलत गतिविधि नसच्याए सशक्त प्रतिवाद गर्छौं: प्रचण्ड

    चितवन, २५ मङ्सिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले आफ्ना गलत गतिविधि सच्याएन भने सदन र सडकबाट सशक्त प्रतिवाद गर्ने चेतावनी दिनुभएको छ। चितवनको भरतपुरमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उहाँले यस्तो चेतावनी दिनुभएको हो ।

    images
    images
    images

    सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको विपक्षमा अघि बढिरहेको उल्लेख गर्दै उहाँले यसलाई रोक्ने होइन भने संसदको विशेष अधिवेशन बोलाउने र लाखौं जनता सडकमा ल्याएर सदन र सडकबाट आन्दोलन अघि बढाउने बताउनुभयो । राम्रो बन्दै गरेको विद्युत प्राधिकरण, मेरिटोक्रेसीमार्फत सुधारको बाटोमा अघि बढेको त्रिभुवन विश्वविद्यालय आदिमा प्रहार गरेर सरकारले अराजकता निम्त्याउन खोजेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यस्ता हर्कत स्वीकार्य नहुने बताउनुभयो ।

    आफूले प्रधानमन्त्री हुँदा रुग्न उद्योगहरु सन्चालनको तयारी गरेको उल्लेख गर्दै उहाँले अहिलेको सरकारले सार्वजनिक उद्योग बिक्री गर्न खोजेको र यो पनि जनताका लागि स्वीकार्य नहुने बताउनुभयो। अध्यक्ष प्रचण्डले देशभरका हजारौं सहकारीको पैसा अपचलन गर्नेमा कांग्रेस एमालेकै नेताहरुको बाहुल्यता भए पनि उनीहरुलाई बचाउन केन्द्रित रहेको बताउनुभयो ।

    आफ्नाहरुलाई जोगाउदै सारा ठगी नै रबि लामिछानेले गरेको झै गरी प्रतिशोधपूर्ण व्यवहार गरिएको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो -'तपाई हामी सबैलाई चासो हुनेलाई थाहा छ अहिले सरकारको नेतृत्व गर्ने दलका नेताहरु नै ठूला सहकारी ठग छन् । तिनै नाटकबाजहरुकलाई बचाउन सरकार केन्द्रित छ ।

    उनीहरुलाई बचाउनकै लागि रवि लामिछानेलाई सहकारीको सबै पैसा खाएको हो जसरी प्रस्तुत गरिएको छ । ' रविलाई आफैले प्रधानमन्त्री प्रस्ताव गरेका पार्टीले अहिले पूर्वाग्रहपूर्ण प्रतिशोध साधेको उहाँले बताउनुभयो । अध्यक्ष प्रचण्डले भन्नुभयो- रवि र राष्ट्रिय स्वतन्त्र पार्टीले कांग्रेस र एमालेले भनेको स्वीकार नगरेको कारण राजनितिक प्रतिशोधको व्यवहार देखाएको जोकसैले बुझ्नसक्छ। आफ्नो नेतृत्वको सरकारले भ्रष्टाचारी पक्राउ गर्ने क्रम बढाउदै जादा बिचौलियाहरुले संसदका पहिलो र दोस्रो पार्टी मिलाएर सरकार बनाएको पनि उहाँले स्पष्ट गर्नुभयो ।

    विगतको गम्भीर समीक्षा गर्दै पार्टी र आन्दोलनलाई नयाँ शीराबाट अघि बढाउन प्रण गरेको उल्लेख गर्दै उहाँले सबैलाई यसमा सहयोग गर्न पनि आग्रह गर्नुभयो । अध्यक्ष प्रचण्डले आफ्नो तेस्रो प्रधानमन्त्रीत्व कालमा सुरु गरेका सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका एजेण्डाबाट नै समृद्धिको रुण रोप्ने काम गरिएको स्पष्ट गर्नुभयो ।

    उहाँले भन्नुभयो– ‘विगतका सबै अनुभवबाट शिक्षा लिंदै मेरा आफ्नै पनि कहाँनेर कमजोरी रहे भन्ने आत्मसमीक्षा गर्दै तेस्रोपटक सरकारको नेतृत्व गर्दा भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा, विभेदका विरुद्ध र सामाजिक न्यायका पक्षमा, आर्थिक संकटको अन्त्य गर्दै समृद्धिको पक्षमा लिएको अठोटसँगै समाजवादको रुण रोप्ने काम गरिएको छ ।’ उहाँले भन्नुभयो -'मेरो तेस्रो कार्यकाल अझ चुनौतिपूर्ण थियो । यो बेला देश, पार्टी र व्यवस्थाकै लागि पनि गर या मरको स्थिति नै थियो ।

    त्यो बेला मैले सुशासन, सामाजिक न्याय र आर्थिक संकटको अन्त्य गर्न गम्भिरतापूर्वक पहल लिए । मैले सुशासनको कुरा गर्दा भ्रष्टाचारकाविरुद्ध , भ्रष्ट नेता, कर्मचारी वा व्यापारी जोसुकै भएपनि छुट नदिले, आफ्नै पार्टीकै भएपनि नछोड्न निर्देशन दिए । पक्ष विपक्षी कसैलाई काखापाखा गरिन ।' आफूले गणतन्त्र नेपालको पहिलो सरकारको नेतृत्व गर्दा मध्यपहाडी लोकमार्गलगायतका केही पूर्वाधार विकासको क्षेत्रमा महत्वपूर्ण थालनी र गरिब किसानको पक्षमा ३० हजार भन्दा कम ऋण लिएकाहरुको मोचन गरेको बताउनुभयो।

    अध्यक्ष प्रचण्डले आफूले सरकारको नेतृत्व गर्दा दुई छिमेकीलाई सन्तुलनमा राखेर अघि बढेको स्मरण गर्दै भारत भ्रमणमा बेला गरिएका सिमा समस्या समाधान, विद्युत व्यापार सम्झौता, कृषि मलको सहज आपूर्ति तथा चीन भ्रमणका गरिएको नाका खोल्ने सहमति, दोस्रो कार्यकालमा गरिएको विआरआईमा सैद्धान्तिक सम्झौता महत्त्वपूर्ण रहेको बताउनुभयो ।

    यसपटक चीन भ्रमणको बेला अहिलेका प्रधानमन्त्रीले पुरानै गरेका सहमतिलाई आफ्नो भनेर प्रचार गरेको बताउनुभयो । उहाँले विश्वव्यापी तनावबाट नेपाल चनाखो बन्नुपर्ने उल्लेख गर्दै नेपालको राष्ट्रिय स्वाधीनता र सार्वभौमसत्ताको रक्षाका लागि राष्ट्रिय एकता कायम गर्नुपर्ने बताउनुभयो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ