Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

आन्तरिक रोजगार महाशाखा स्थापना प्रक्रिया अघि बढ्यो : मन्त्री भण्डारी


ग्लोबल पाना
बुधबार, मंसिर २६ २०८१
  • 313
    SHARES

  • images
    आन्तरिक रोजगार महाशाखा स्थापना प्रक्रिया अघि बढ्यो : मन्त्री भण्डारी

    काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मन्त्रालयमातहत रहने गरि आन्तरिक रोजगार महाशाखा स्थापना गरिने बताएका छन्। राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठानले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री भण्डारीले स्वदेशभित्र नै रोजगारीको सम्भावनाहरुलाई अध्ययन गरि रोजगारी सिजर्ना गर्ने उद्देश्यले आन्तरिक रोजगार महाशाखा स्थापना गर्न लागिएको बताएका हुन्।

    images
    images
    images

    यसका लागि आवश्यक प्रक्रिया अघि बढिसकेको उनले बताए। मन्त्री भण्डारीले वैदेशिक रोजगारको क्षेत्रलाई हेर्ने निकायहरु रहेपनि आन्तरिक रोजगारको क्षेत्रलाई हेर्ने छुट्टै निकाय नभएकाले आन्तरिक रोजगार महाशाखाको अवधारणामा अघि बढेको जानकारी दिए।

    उनले युवाहरुलाई रोजगारका लागि योग्य बनाउन आवश्यकता तालिम दिनुपर्ने र स्वदेशमा नै परिचालन गर्नुपर्नेमा जोड दिए। लागतभन्दा बढि रकम तिरेर वैदेशिक रोजगारमा जानुपर्ने अवस्थालाई अन्त्य गर्नका लागि सरकारको ध्यान केन्द्रीत रहेको उनको भनाइ छ।

    उनले बैदेशीक रोजगारमा गएका युवाहरुको सीपलाई स्वदेशमा फर्किपछि नेपालमा नै प्रयोग गर्ने अवस्थाको सिर्जना गर्नुपर्ने बताए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ