Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

अंकुरम एकेडेमीका बायोलोजी समूहका विद्यार्थीहरू माडी–ठाेरी क्षेत्रको फिल्ड भ्रमणमा


ग्लोबल पाना
बुधबार, मंसिर २६ २०८१
  • 457
    SHARES

  • images
    अंकुरम एकेडेमीका बायोलोजी समूहका विद्यार्थीहरू माडी–ठाेरी क्षेत्रको फिल्ड भ्रमणमा

    माडी, चितवन। अंकुरम एकेडेमीका बायोलोजी समूहका विद्यार्थीहरू हालै माडी-ठाेरी क्षेत्रको फिल्ड भ्रमणमा सहभागी भएका छन्। यो भ्रमणको उद्देश्य विद्यार्थीहरूलाई व्यावहारिक अध्ययनका साथै जैविक विविधताको बारेमा प्रत्यक्ष अनुभव प्रदान गर्नु थियो।

    images
    images
    images

    विद्यालयका शिक्षकहरूकै निगरानीमा भएको यस भ्रमणमा विद्यार्थीहरूले स्थानीय जैविक विविधता, वनस्पति र वन्यजन्तुको अध्ययन गरे। भ्रमणका क्रममा विद्यार्थीहरूले माडी-थोरी क्षेत्रको प्राकृतिक सौन्दर्य, जीवजन्तुको पर्यावास, र जैविक प्रणालीबारे महत्वपूर्ण जानकारी संकलन गरे।

    IMG-20241211-WA0010.jpg

    विद्यालयका बायोलोजी शिक्षकले यो भ्रमण विद्यार्थीहरूको सैद्धान्तिक र व्यावहारिक ज्ञानलाई एकीकृत गर्ने उद्देश्यले आयोजना गरिएको बताए। उनले भने, "यस्ता शैक्षिक भ्रमणले विद्यार्थीहरूमा विषय प्रतिको रुचि बढाउनुका साथै व्यावहारिक अनुभव दिलाउन मद्दत पुर्‍याउँछ।" विद्यार्थीहरूका अनुसार यो भ्रमण निकै ज्ञानवर्द्धक र रमाइलो रह्यो।

    IMG-20241211-WA0012.jpg

    उनीहरूले त्यहाँका दुर्लभ वनस्पति र जनावरको प्रजातिबारे पनि जानकारी प्राप्त गरेको बताए। "हामीले किताबमा पढेका धेरै विषयहरू यहाँ प्रत्यक्ष रूपमा देख्न र बुझ्न पायौं," एक विद्यार्थीले भने। यस भ्रमणले विद्यार्थीहरूलाई वातावरण संरक्षणको महत्त्व र जैविक विविधताको दीर्घकालीन व्यवस्थापनका उपायहरूबारे पनि सोच्न उत्प्रेरित गरेको छ।

    विद्यालय प्रशासनले भविष्यमा पनि यस्ता शैक्षिक भ्रमण आयोजना गर्ने योजना बनाएको जनाएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ