Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

नेपाल इन्जिनियरिङ कलेजमा सेनाका इन्जिनियर


ग्लोबल पाना
बिहीबार , पुस ४ २०८१
  • 283
    SHARES

  • images
    नेपाल इन्जिनियरिङ कलेजमा सेनाका इन्जिनियर

    काठमाडौं । नेपाली सेना, इन्जिनियर तालिम शिक्षालय गौचरण व्यारेकका इन्जिनियर युवक अधिकृतहरुले नेपाल इन्जिनियरिङ कलेजको स्थलगत भ्रमण गरेका छन् । गौचरण ब्यारेकका १६ जना इन्जिनियर अधिकृतहरुले कलेजको स्थलगत अध्ययन अवलोकन गरेका हुन् ।

    images
    images
    images

    सो क्रममा उनीहरुले कलेजको हाइड्रोपावर ब्रेक पोर्टेशन इन्जिनियरिङको अध्ययन, माइक्रो हाइड्रोपावर प्लान्टको अवलोकन गर्दै विषयगत शिक्षकहरुबाट ज्ञान लिएका छन् । नेपाली सेनाका अधिकृतहरुलाई कलेजका एशोसिएट प्रोफेसरद्वय रघुनाथ प्रजापति, सुनिल ख्याजू, असिस्टेन्ट प्रोफेसरद्वय विनय शाक्य, रक्षक ढुंगेल लगायतले ज्ञान र निर्देशन दिएका थिए ।

    नेपाली सेनाले विगत नौ वर्षदेखि नेपाल इन्जिनियरिङ कलेजमा आएर इन्जिनियरिङ विधाका विविध विषयमा ज्ञान लिने गरेको छ । इन्जिनियरिङ विधाका सबै विषयहरु प्रयोगात्मक शिक्षण विधिबाट अध्यापन हुने र कलेजले स्थापना गरेका ल्याब, मिनी हाइड्रो पावर प्लान्टहरु उत्कृष्ट रहेकाले नेपाली सेनाका इन्जिनियर अधिकृतहरु अध्ययन र अवलोकनका लागि आउने गरेका छन् ।


    मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित कलेज पोखरा विश्वविद्यालयको उत्कृष्ट इन्जिनियरिङ कलेजका रुपमा परिचित छ। पूणर्कालिन शिक्षकशिक्षिका, आफ्नै सुविधासम्पन्न भवन, अत्याधुनिक पुस्तकालय तथा राष्ट्रिय, अन्तर्राष्ट्रिय रिसर्चका अवसरको उपलब्धताले यस कलेजलाई नेपाल इन्जिनियरिङ काउन्सिलले स्थायी प्रमाणपत्र समेत दिएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ