Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

नागरिकताबारे संविधानका धारा नै विभेदपूर्ण लाग्छन : रेखा शर्मा


ग्लोबल पाना
बिहीबार , पुस ४ २०८१
  • 280
    SHARES

  • images
    नागरिकताबारे संविधानका धारा नै विभेदपूर्ण लाग्छन : रेखा शर्मा

    काठमाडौं । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधान र कानूनका कुराहरु उठाउँदा धेरैबाट अपमानित हुनु परेको बताएकी छन् । बिहीबार ‘संविधान संशोधनमा नागरिकताको मुद्दा’ विषयक कार्यक्रममा बोल्दै उनले समानताका दृष्टिकोणले सबैभन्दा विभेदपूर्ण धारा भनेको नै नागरिकताको प्रवाधान भएको बताएकी हुन् ।

    images
    images
    images

    उनले भन्नि, ‘नेताहरुको पितृसतात्मक दृष्टि कस्तो छ भनेर नजिकबाट बुझेको छु । नागरिकताको विषयमा कुरा गर्दा नै  रक्त अशुद्घता हुन्छ भन्छन् । रक्त अशुद्घताका र शुद्घताका कुरा धेरै सुन्यौं । विदेशीसँग विवाह गरेकी  महिलाबाट जन्मेको सन्तानको रगत शुद्घ हुँदैन भन्ने भाष्य धेरै सुनेको छु । समानताका दृष्टिकोणले हेर्दा सबैभन्दा विभेदपूणर् धारा भनेको नै नागरिकताको प्रवाधान छ । तर यसको विषयमा कुरा गर्दा धेरैचोटी अपमानित भएका समेत छौं ।’

    साथै उनले हरेक कुरामा महिला पुरुषबीच समानता हुनुपर्ने बताइन् । उनले विगतको भन्दा अहिलेको संविधान उत्कृष्ट भएको बताइन् । यसैगरी शर्माले संविधानमा नागरिकताको  विषयमा समस्या छ भन्ने कुरामा हामी कोही पनि असहमत नभएको जिकिर गरिन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ