काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (NAST) को ४२ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीज्यूले स्थापनाकालदेखि हालसम्म विज्ञान तथा प्रविधि विकासका क्षेत्रमा गरेको कार्यहरुको सराहना गर्नुभयो।उक्त अवसरमा वार्षिक समारोहमा आजको दिनमा नास्टको उपलब्धि मात्र होइन, नेपालमा विज्ञान र प्रविधिको भविष्यको लागि यसको भिजन पनि मनाउने बताउनु भयो।
NAST ले गर्दै आएको हालका विभिन्न परियोजनाहरु नेपालको दिगो ऊर्जा भविष्यका लागि महत्त्वपूर्ण भएको र जलवायु परिवर्तसँग लड्ने हाम्रो प्रतिबद्धतासँग मेल खाने धारणा व्यक्त गर्नुभयो। पुरस्कार विजेताहरूलाई बधाई ज्ञापन गर्दै उहाँहरुले गरेको योगदान, वैज्ञानिक कार्य र आविष्कारहरूले हाम्रो समाजलाई आकार दिन महत्त्वपूर्ण भूमिका खेल्न सक्ने, युवा पुस्तालाई विज्ञान र प्रविधिमा भविष्य बनाउन प्रेरित गर्ने बताउनुभयो।
आविष्कारले नयाँ विचारलाई प्रोत्साहन गर्न सहयोग गर्ने र यसका लागी अनुसन्धानको Ecosystem बनाउनुपर्ने, वैज्ञानिकहरुको Network बढाउनुपर्ने, स्वदेशी प्रविधिलाई आधुनिक प्रविधिसँग जोड्नुपर्नेमा जोड दिनुभयो। NAST ले Out rich कार्यक्रम बिस्तार गर्दै युवाहरुमा जागरुकता सृजना गर्नुपर्ने,विशिष्टीकृत अनुसन्धान र Network बनाउनुपर्ने तथा Artificial Intelligence तथा Chat GPT जस्ता विषयका उपलब्धिलाई शिक्षामा कसरी जोड्ने भन्ने विषयमा अध्ययन गर्न उपयुक्त हुने सुझाव दिनु भयो।
NAST को सह कुलपतिको हैसियतले यसको मिसनलाई अगाडि बढाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको दृढ तथा अटल सहयोग हुने भन्दै NAST ले अझ उज्यालो र नवीन भविष्यतर्फ डोर्याउने प्रेरणा प्रदान गरोस् भन्ने भाव व्यक्त गर्नुभयो।
.gif)




 x 450 (H) Global Pana.jpeg)


