Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

देउवासँग कुनै सम्बन्ध बिग्रिएको छैन् : डा शेखर कोइराला 


ग्लोबल पाना
शुक्रबार, पुस ५ २०८१
  • 359
    SHARES

  • images
    देउवासँग कुनै सम्बन्ध बिग्रिएको छैन् : डा शेखर कोइराला 

    धनगढी । कांग्रेसका वरिष्ठ नेता डा।शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवासँग आफ्नो कुनै दूरी नभएको बताएका छन् । उनले सभापति सबैको साझा ब्यक्ति भएकाले उनीसँग दूरी रहने कारण नै नरहेको बताएका हुन् । ३ दिने सुदूरपश्चिम भ्रमणको लागि धनगढी आएका वरिष्ठ नेता कोइरालाले शुक्रबार धनगढी विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै १५ औँ महाधिवेशनका लागि आफू स्वभाविक सभापतिको दावेदार रहेको बताए ।

    images
    images
    images

    उनले अब महाअधिवेशन आउन १ वर्ष मात्र बाँकी रहेकाले अन्य कार्यक्रमका लागि देश दौडाहमा निस्किए पनि महाधिवेशनको तयारी स्वभाविक रहेको बताए । उनले पार्टी महामन्त्री गगन थापा र आफूबिच कुनै विवाद नरहेको बताउँदै महाधिवेशनसम्म एकताबद्ध भएर अघि बढने उल्लेख गरे ।

    वर्तमान सरकारका बारेमा सोधिएको जिज्ञासामा कोइरालाले सरकारलाई असफल हुने छुट नभएको बताए ।

    सरकारले राम्रा काम गर्नुपर्ने बताउँदै त्यसैका लागि आफू खबरदारी गरिरहेको उल्लेख समेत उनले गरे। वर्तमान सरकारलाई आफ्नो पूणर् समर्थन रहेको बताउँदै नेता कोइरालाले जनतामुखी बन्न सचेत गराए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ