Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

अंकुरम एकेडेमीका विद्यार्थीहरू द्वारा P2C2 का २९ बालबालिकालाई सहयोग


बुधबार, पुस १० २०८१
  • 723
    SHARES

  • images
    अंकुरम एकेडेमीका विद्यार्थीहरू द्वारा P2C2 का २९ बालबालिकालाई सहयोग

    भरतपुर, २०८१ पुस १० - अंकुरम एकेडेमी, भरतपुर-७ अन्तर्गत CSR(कर्पोरेट सोसियल रेस्पोन्सिबिलिटी) क्लबले बुधबारका दिन एक विशेष कार्यक्रम आयोजना गरी भरतपुर - ०५ मा अवस्थित P2C2 का २९ बालबालिकालाई विभिन्न सामग्री सहयोग गरेको छ ।

    images
    images
    images

    कार्यक्रममा CSR CLUB OF ANKURAM का अध्यक्ष आविष्कार जंग थापा, अंकुरम एकेडेमीका रेसिडेन्सियल डाइरेक्टर श्री नयीम चौधरी, जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्री भेषराज रिजाल, एकेडेमीका प्रधानाध्यापक सुमन पौडेल, +2 कोर्डिनेटर श्री सुजन दाहाल, +2 प्रोग्राम डाइरेक्टर डा. रघु नाथ धिताल तथा CSR CLUB OF ANKURAM का सदस्य र विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    बालबालिकाको भविष्य सुनिश्चित गर्नका लागि आयोजित यस कार्यक्रममा उनीहरूलाई निम्न सामग्रीहरू सहयोग गरिएको थियो:

    १. १.५ क्विन्टल चामल

    २. ३० किलो दाल

    ३. १ बोरा चिउरा

    ४. १ कार्टुन बिस्कुट

    ५. २९ बालबालिकाका लागि स्वीटर, टोपी र मोजा

    ६. स्टेशनरी सामग्री (कापी, कलम, पेन, कटर, इरेजर र स्केल)

    ७. २ थान भलिवल, फुटबल, बास्केटबल

    ८. २ सेट ब्याडमिन्टन र सटल

    ९. पम्प

    "बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी" भन्ने नारासहित Shaping Tomorrow को आदर्श वाक्यलाई मनन गर्दै कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रमको सञ्चालन विशाल सापकोटाले गरेका थिए।

    विशाल सापकोटाले कार्यक्रमको महत्वबारे बोल्दै भने, "बालबालिका भविष्यका कर्णधार हुन्। उनीहरूको शिक्षा, स्वास्थ्य र आधारभूत आवश्यकतामा लगानी गर्नु भनेको समाजको उज्यालो भविष्य सुनिश्चित गर्नु हो। 'पब्लिक पोलिस क्याम्पेन फर चिल्ड्रेन' मार्फत हाम्रो सानो प्रयासले यी बालबालिकाको जीवनमा केही सकारात्मक परिवर्तन ल्याउन सकियो भने हाम्रो उद्देश्य सफल हुनेछ। यसरी सामूहिक रूपमा अघि बढ्दा मात्र समाजमा दिगो विकास सम्भव छ।"

    CSR CLUB OF ANKURAM का अध्यक्ष आविष्कार जंग थापाले पनि यस प्रकारका कार्यक्रमहरूले सामुदायिक सेवा र सहयोगको भावना अझै मजबुत बनाउने उल्लेख गरे। सहभागीहरूले कार्यक्रमप्रति आभार प्रकट गर्दै यसले बालबालिकाको जीवनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।

    images



    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ