Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

मन्त्री भट्टराईद्वारा बिद्यालयहरूमा आकस्मिक  निरिक्षण 


ग्लोबल पाना
बिहीबार , पुस ११ २०८१
  • 348
    SHARES

  • images
    मन्त्री भट्टराईद्वारा बिद्यालयहरूमा आकस्मिक  निरिक्षण 

    काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले काठमाडौस्थित बिद्यालयहरूको आकस्मिक निरीक्षण गर्नुभएको छ। मन्त्री भट्टराईले  जोरपाटीस्थित  खगेन्द्र नवजीवन विशेष माध्यमिक विद्यालय, ललितपुरको न्यु मिलिनियम स्कुल र बुढानीलकण्ठको इम्पेरियल वर्ल्ड स्कुलको अनुगमन गर्नुभएको हो  । 

    images
    images
    images

    सो क्रममा भट्टराईले विद्यालयको शैक्षिक अवस्था, शिक्षण सिकाई, पाठ्यक्रमको प्रभावकारिता र कार्यान्वयनको अवस्थाका बारे जानकारी लिनु भएको थियो। ।मन्त्री भट्टराईले निरीक्षणका क्रममा कक्षाकोठामा पुगेर पाठ्यक्रमको अभ्यास, पाठ्यक्रममा  देखिएका समस्या, अध्ययन गर्दै गर्दा भोगेका समस्या तथा सिकाईका बारेमा विद्यार्थीहरूसँग साक्षात्कार समेत गर्नु  भएको थियो ।

    सो क्रममा विद्यार्थीहरूले नेपालको विद्यालय शिक्षा सुधारमा मन्त्रीका योजनाका बारेमा जिज्ञासा राखेका थिए। विद्यार्थीहरूले सैद्धान्तिक पढाई भन्दा प्रयोगात्मक तथा व्यवहारिक शिक्षा आफुहरूलाई आवश्यक रहेकोले त्यसतर्फ ध्यान दिन आग्रह गरेका  थिए । श खगेन्द्र नवजीवन विशेष माध्यमिक विद्यालयका विद्यार्थीहरूले आफूहरूलाई व्यवहारिक शिक्षा चाहिएकोले तालिमको पनि व्यवस्था गरिदिन आग्रह गरे  ।अवलोकन पछि मन्त्री भट्टराईले विशेष शिक्षाका बारेमा राज्यले छुट्टै अवधारणा बनाएर विद्यार्थीहरूको सिकाईमा ध्यान दिनुपर्ने र  त्यसबारे आफूले विशेष पहल गर्ने बताउनु भयो ।

    त्यसैगरी संस्थागत विद्यालय र सामुदायिक विद्यालयबिच ज्ञान तथा शिक्षण सिकाईको आदान प्रदान गर्नुपर्ने, प्रोग्रेसिभ एजुकेशनको अवधारणालाई सबै विद्यालयमा लैजान आवश्यक रहेको र विद्यार्थीहरूलाई समान शिक्षा दिनुपर्नेे बताउनुभयो । आगामी दिनमा अन्य सामुदायिक विद्यालय पनि  अवलोकन गर्ने  मन्त्री भट्टराईको योजना रहेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ