Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

शैक्षिक जनशक्ति विकास परिषद् बाट तालिम पाठ्यक्रम स्वीकृत


ग्लोबल पाना
शुक्रबार, पुस १२ २०८१
  • 291
    SHARES

  • images
    शैक्षिक जनशक्ति विकास परिषद् बाट तालिम पाठ्यक्रम स्वीकृत

    काठमाडौ ।  शैक्षिक जनशक्ति विकास परिषदको बिहीवार  बसेको २७औं बैठकले सेवा प्रवेश तालिम सहित एक दर्जन तालिम पाठ्यक्रमहरु स्वीकृत गरेको छ ।  एक महिने सेवा प्रवेश तालिम पाठ्यक्रम, एक महिने प्रमाणीकरण तालिम, शिक्षक पेसागत विकास तालिम पाठ्यक्रम स्वीकृत भएको हो ।

    images
    images
    images

    शिक्षक पेशागत विकासको प्रारूप-२०८० ले शिक्षक पेशागत विकासका विभिन्न दश ओटा विधिहरूमार्फत् शिक्षकको पेशागत विकासको सुनिश्चितता गरेसँगै प्रत्येक विधिहरूलाई कार्यान्वयनमा ल्याउनका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले काम अगाडी बढाएको छ ।  परिषद् बैठकमा बोल्दै मन्त्री विद्या भट्टराईले शिक्षक जनशक्तिको अध्ययन गरी शिक्षकको परिभाषालाई पुनर्भाषित गर्नुपर्ने बताउनुभयो ।

    तालिम पाठ्यक्रमलाई निर्देशक सिद्धान्त  मानी तालिमका विषयवस्तुलाई लचिलो (Flexible) बनाउने, तालिम केन्द्रहरूले आफ्नो विशिष्टिकृत विशेषताहरूका आधारमा थप विषयवस्तु राख्ने, पाठ्यक्रमलाई समय समयमा शिक्षक/विज्ञ/तालिम केन्द्रहरूमा अन्तरक्रिया गरी प्राप्त सुझावका आधारमा परिमार्जन गर्नुपर्ने कुरा उहाँले बताउनु भयो ।

    परिषद्को बैठकमा तालिम पाठ्यक्रमले शिक्षकका कुरा विद्यार्थीले सुनेर सिक्ने भन्दा पनि विद्यार्थीको जिज्ञासा मेटाउने खालको शिक्षक तयार गरिनुपर्छ । यसका साथै शिक्षकले तालिम लिइसकेपछि लिएको तालिमको अपडेट कक्षाकोठामा भए नभएको अनुगमन गर्ने व्यवस्था मिलाउनु पर्ने कुरा मन्त्री भट्टराईले उल्लेख गर्नुभयो ।

    तालिम पाठ्यक्रम स्वीकृती सँगै प्रदेश शिक्षा तालिम केन्द्र मार्फत सघन रुपमा शिक्षकहरुका लागि तालिम सञ्चालन हुनेछ । तालिम सहजीकरणका लागि शिक्षा तालिम केन्द्रका प्रशिक्षक तथा रोस्टर प्रशिक्षकका लागि केन्द्रले यही मिति २०८१.९.१६ देखि केन्द्रमा प्रशिक्षक प्रशिक्षण समेत सञ्चालन गर्ने गरि तयारी अगाडी बढाएको छ ।  बैठक शिक्षा विज्ञान तथा प्रविधि मन्त्री बिद्या भट्टराईको अध्यक्षतामा बसेको थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ