Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

दुई तिहाइको सरकारले काम गर्न सकेन, जनतामा भ्रम मात्रै छर्‍यो : मेयर बालेन


ग्लोबल पाना
शुक्रबार, पुस १२ २०८१
  • 293
    SHARES

  • images
    दुई तिहाइको सरकारले काम गर्न सकेन, जनतामा भ्रम मात्रै छर्‍यो : मेयर बालेन

    काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)ले अहिले दुई तिहाइको सरकार भए पनि केही काम गर्न नसकेको बताएका छन्. शुक्रबार काठमाडौंमा आयोजित प्रथम कोटेश्वर महोत्सव–२०८१ उद्घाटन समारोहमा बोल्दै उनले ५० औं वर्षदेखि जग्गाको समस्याका कारण मुआब्जा नपाएको भन्दै सरकारले काम प्रक्रियामा छ भनेर झुटो आश्वासन मात्र देखाएको बताए।

    images
    images
    images

    उनले भने, ‘५०औं वर्षदेखि जग्गाको समस्या समाधान भएको छैन। त्यही कारण मुआब्जा प्राप्त भएको छैन। यसपाली त बहुमत भएको दुई तिहाइ सरकार छ। त्यही पनि केही गरेको छैन। कोही नेताले तपाईंहरूको काम प्रक्रियामा छ। काम हुँदैछ भनेर आश्वासन दिन आउनुभएको छ भने नपत्याउनु होला। कुनै प्रोसेस भएको छैन। केही काम भएको छैन्.’

    उनले सरकारले व्यक्तिको जग्गा लुटेर राखेको भन्दै अहिले सरकारमा प्रधानमन्त्री, गृहमन्त्रीदेखि अर्थमन्त्रीसम्म आफ्नै हुँदा पनि काम भएन भने कहिल्यै नहुने बताए।

    उनले भने,‘सरकारले व्यक्तिको जग्गा लुटेर राखेको छ। यसको मुआब्जा दिन कुनै पनि प्रोसेस भएको छैन। अहिलेको दुई तिहाइको सरकारले चाहेमा जे पनि गर्न सक्छ। गृहमन्त्री आफ्नै, अर्थमन्त्री आफ्नै, पैसा आफ्नै, स्रोत साधन आफ्नै, सबै आफ्नै, अझ वडा समिति पनि आफ्नै छ। अहिले पनि यो काम भएन भने कहिले पनि हुँदैन्.’

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ