चितवन – भरतपुर-७ स्थित अंकुरम एकेडेमीमा २०८१ पुस १४ गते भव्य फूड फेस्ट सम्पन्न भयो। यस फेस्टमा विद्यार्थीहरूको उत्साहजनक सहभागिता देखिएको थियो। विद्यालय र कलेज तहका विद्यार्थीहरूका लागि आयोजित यो फेस्टमा फूड कम्पिटिसन, लाइभ म्युजिक र नृत्य प्रस्तुतिले दर्शकहरूको मन जित्न सफल भएको थियो।

फेस्टमा विभिन्न प्रकारका परिकारहरू प्रदर्शन गरिएका थिए, जसले नेपाली परम्परागत खाना, फ्युजन परिकार र इन्टरनेशनल डिशहरूको झल्को दिएको थियो। विद्यार्थीहरूले आफ्ना सिर्जनशीलता प्रस्तुत गर्दै खाना बनाउने सीप मात्र नभई त्यसलाई आकर्षक रूपमा प्रस्तुत गर्ने कलामा पनि आफ्नो प्रतिभा प्रदर्शन गरे।
फूड फेस्टलाई थप रोचक बनाउन स्थानीय ब्यान्डहरूको लाइभ म्युजिक प्रस्तुति र विद्यार्थीहरूले प्रस्तुत गरेको नृत्यले कार्यक्रमलाई मनोरञ्जनात्मक बनायो। दर्शकहरूको अपार उत्साह र सहभागिताले कार्यक्रमलाई सफल बनाएको थियो।
विद्यालयका प्रिन्सिपलले आफ्नो मन्तव्य राख्दै भने, "यस प्रकारका प्रतियोगिताहरूले विद्यार्थीहरूमा सिर्जनशीलता, आत्मविश्वास र समूहमा काम गर्ने सीप विकास गर्न मद्दत गर्दछ। यसले विद्यार्थीहरूको क्षमता उजागर गर्न महत्वपूर्ण भूमिका खेल्छ।"
फेस्टमा विद्यार्थी, अभिभावक र स्थानिय व्यक्तिहरूको ठूलो भीड देखिन्थ्यो। यस फूड फेस्टले विद्यार्थीहरूलाई नयाँ सीप सिक्न र आफ्नो प्रतिभा देखाउन प्रेरणा दिएको सहभागीहरूले बताए।
यो कार्यक्रम विद्यार्थीहरूका लागि मनोरञ्जन र प्रतिभा विकासको उत्कृष्ट माध्यम भएको सबैले प्रशंसा गरे।
.gif)




 x 450 (H) Global Pana.jpeg)


