Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

जिम्मेवारी पूरा गर्न गम्भीरताका साथ काम गर्न मन्त्री भट्टराईको आग्रह  


ग्लोबल पाना
बुधबार, पुस १७ २०८१
  • 244
    SHARES

  • images
    जिम्मेवारी पूरा गर्न गम्भीरताका साथ काम गर्न मन्त्री भट्टराईको आग्रह  

    काठमाडौ ।   शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा उच्च व्यवस्थापन समूह (SMT-Senior Management Team) बैठक बुधबार सम्पन्न भएको छ।  बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बिद्या भट्टराईले   मन्त्रालयको लागि आवश्यक विषयगत विज्ञको सूची तयार गर्नुपर्ने र विषयगत विज्ञता र विशेषज्ञतालाई आपसमा जोड्नुपर्ने, कार्यसम्पादनलाई आवश्यकताका आधारमा पुनरावलोकन गर्नुपर्ने एवं नागरिकहरुमा आशा जागृत हुने गरी कार्यसम्पादन गर्नुपर्नेमा जोड दिनुभयो।  

    images
    images
    images

    आफ्नो जिम्मेवारी गम्भीरतापूर्वक पुरा गर्न र सेवा प्रवाहमा देखा परेका जटिलताका बारेमा विश्लेषण गरी सहज कार्य वातावरण बनाउनुपर्ने, उच्च शिक्षामा देखिएका अस्पष्टतालाई आपसी छलफल र समन्वयबाट गति दिनुपर्ने,शिक्षकहरुको निवृत्तिभरण प्रक्रियामा सहजीकरण गर्नुपर्ने मन्त्री भट्टराईले उल्लेख   गर्नुभयो।  

    बैठक विशेषत कार्यविधि तथा निर्देशिकाहरुको आवश्यकता,औचित्यता तथा आवश्यक नरहेका के कति छन् सम्बन्धित विभागिय प्रमुखहरुले थप स्पष्ट भई मन्त्रालयमा पेश गर्ने,कानून शाखाको काम कारवाही थप प्रभावकारी बनाउने तथा विद्यालय तह(कक्षा ४-१०)को पाठ्यक्रममा विद्यार्थीले घरमा गरेको कामलाई विद्यालयको आन्तरिक मूल्याङ्कनमा समावेश गर्ने विषयहरुमा छलफल केन्द्रित थियो।  

    सो अबसरमा  मन्त्री भट्टराईले  हालसम्म निर्वाह गरेको भूमिकाको लागि छलफलमा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै,आगामी दिनमा अझै सक्रियतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्न निर्देशन दिनुभयो। बैठकमा मन्त्रालयका सचिव(शिक्षा) र (विज्ञान) हेर्ने, महाशाखा प्रमुखहरु,विभिन्न विभागिय प्रमुखहरु सहितको उपस्थिति रहेको थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ