Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

शेरा दरबारको जग्गा कानुन विपरीत भए फिर्ता ल्याइयोस् : प्रचण्ड


ग्लोबल पाना
बिहीबार , पुस १८ २०८१
  • 354
    SHARES

  • images
    शेरा दरबारको जग्गा कानुन विपरीत भए फिर्ता ल्याइयोस् : प्रचण्ड

    काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नुवाकोटस्थित शेरा दरबारको छानबिनमा सहयोग गर्ने बताएका छन्। उनका पार्टीका पूर्व कार्यालय सचिव विकेश श्रेष्ठले सो दरबारको जग्गा ब्यक्तिको नाममा नामसारीस् गरेको खुलासा भए पछि पछिल्लो समयमा सो बिषय चर्चामा आएको छ।

    images
    images
    images

    प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा एमालेका सांसद वासुदेव घिमिरेको गृहमन्त्री रमेश लेखकलाई शेरा दरबारको जग्गाबारे सोधे पछि प्रचण्डले पनि त्यसमा थप जवाफ दिएका हुन्।

    ‘शेरा दरबारको जग्गाबारे कानून विपरीत काम भएको छ भने फिर्ता ल्याइयोस्, यति काम गरेमा म सरकारलाई धन्यवाद भन्छु’ उनले बैठकमा भने, ‘शेरा दरबारमा दोषीलाई कारवाहीको दायरामा ल्याइयोस्।’ सो दरबारका बारेमा आफुले सार्बजनिक मञ्च र सामाजिक सञ्जालवाट पनि प्रस्टीकरण दिँदै सरकारको जमिन व्यक्तिको नाममा ल्याउनेलाई कानूनी कारवाही गर्नुपर्छ भन्ने पक्षमा रहेको जनाए।

    ‘राज्यको जमिन व्यक्तिको नाममा गएको छ भने कानून बमोजिम फिर्ता ल्याउनुपर्छ, छानबिन गर्दै गएमा प्रचण्ड पनि देखिएको छ भने पनि मलाइ पनि छानबिनको दायरामा ल्याउनुहोस्,’ उनले भने । तर, सो प्रकरणमा आफ्नो नाम जोडिएकोमा भने उनले दुःख ब्यक्त गरेका छन्।

    गौरीगञ्ज झापाको आमसभामा पनि अध्यक्ष प्रचण्डले बिकेश श्रेष्ठले पार्टी छाडेर गएको १०–१२ बर्ष भइसकेको जनाउँदै आफ्नो नाम नमुछन आग्रह गरेका थिए ।

    उनले भने, ‘भ्रष्टाचारको सवालमा म प्रधानमन्त्री हुँदा जो कोही होस्, कानूनको दायरामा ल्याउनुपर्छ भनेको थिएँ। मलाई लाग्छ, माननीय सदस्यहरुले त्यतिवेला यदि छानबिन गर्दै जाँदा प्रचण्ड नै देखापर्यो भने त्यसको लागिपनि छानबिनको दायरामा ल्याउनुपर्छ भनेर पहिलोपटक बोल्ने प्रधानमन्त्री सायद म नै थिएँ। अहिले यही शेरा दरबारको कुरापनि चर्चा सुनेपछि मैले अस्ति झापाको एउटा कार्यक्रममा बोलेको पनि थिएँ, दोषीलाई कारबाही गरियोस्। सरकारलाई सहयोग गर्न म तयार छु भनेको थिएँ। अहिले अरु धेरै भन्नु केही पनि छैन। खाली सरकारलाई के भन्छु भने कानूनविपरित काम भएको छ भने, जसरी ललिता निवासको कयौं रोपनी जग्गा चाहीँ सरकारको नाममा फिर्ता ल्याइयो, त्यसैगरि शेरा दरबारको पनि जग्गा फिर्ता भयो भने म सरकारलाई सहयोगमात्रै होइन धन्यवाद पनि भन्नेछु। धन्यवाद।’

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ