Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

मेटाहोराइजन कलेजले सुरु गर्यो अत्याधुनिक आईटी कार्यक्रम


ग्लोबल पाना
बिहीबार , पुस १८ २०८१
  • 542
    SHARES

  • images
    मेटाहोराइजन कलेजले सुरु गर्यो अत्याधुनिक आईटी कार्यक्रम

    काठमाडौं । डालास, टेक्सासमा मुख्यालय रहेको मेटाहोराइजन इंक नामक कम्पनी द्वारा संचालित मेटाहोराइजन कलेजले नेपालमा आफ्नो शैक्षिक कार्यक्रमको शुभारम्भ गरेको छ। यो सुरुवातले परम्परागत शिक्षालाई तीव्र गतिमा बदलिंदै गरेको प्रविधिलाई उद्योगसँग जोडेर विद्यार्थीहरूका लागि नयाँ करियर मार्गहरू खोल्ने लक्ष्य राखेको कलेजका अध्यक्ष बद्रि बहादुर कार्कीले बताए ।

    images
    images
    images

    अध्यक्ष कार्कीका अनुसार राजर्षि जनक विश्वविद्यालयसँग सम्बद्ध रहेको मेटाहराइजन कलेजले कम्प्युटर साइन्स र सूचना प्रविधि स्नातक (BSc. CSIT) कार्यक्रम सञ्चालन गर्नेछ । जसले विद्यार्थीहरूलाई एक मजबूत शैक्षिक आधार प्रदान गर्नुका साथै उद्योगमा आवश्यक प्रमाणपत्रहरू र व्यावहारिक अनुभव हासिल गर्ने अवसर दिने उनको भनाई छ। मेटाहोराइजन इंक र मेटाहराइजन कलेज बीचको सहकार्यले वैश्विक नवप्रवर्तनलाई प्रोत्साहन गर्दै नेपाली विद्यार्थीहरूलाई विश्वस्तरीय आईटी शिक्षा प्रदान गर्ने व्यापक लक्ष्यलाई प्रतिनिधित्व गर्छ।

    कलेजका अध्यक्षकार्कीले अगाडी भने –“हामी भविष्यका कर्णधार भनिएका विद्यार्थीहरुलाई आधुनिक प्रविधिसँग जोड्दै, भविष्यका देशभक्त राष्ट्रकालागी योगदान गर्ने दक्ष जनशक्ती तयार गर्ने उद्देश्य राख्छौं जसले डिजिटल परिदृश्यलाई समयानुकुल आकार दिन सक्छन्। हाम्रो कलेजमा नवप्रवर्तन, आलोचनात्मक सोच, र सूचना प्रविधिको मूलभूत आधारलाई प्रोत्साहित गरिन्छ।” मेटाहोराइजन कलेजको कार्यक्रमले विद्यार्थीहरूलाई नेपालमा मात्र सीमित नराखी अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने मेटाहोराइजन इंकका संस्थापक तथा CEO जस्टिन (JT) टचम्यानले बताए ।

    उनले अगाडी भने “हामीले डिजाइन गरेको कार्यक्रमले अमेरिकी प्रविधि उद्योगमा विद्यार्थीहरूलाई करियर बनाउन सघाउनेछ, जसले नेपाल र अमेरिकाबीचको शैक्षिक र प्रविधि दूरीलाई कम गर्नेछ।” उनका अनुसार यस कलेजमा अध्ययन पश्चात विद्यार्थीले अन्तर्राष्ट्रिय स्तरको प्रमाणपत्र प्राप्त गर्ने आईटी उद्योगमा आधारित व्यावहारिक तालिमहरू प्राप्त गर्ने नेपाल र अमेरिकाबीच सीधा उद्योग संलग्नता र अवसरहरू प्राप्त गर्नेछन् ।

    अहिले मेटाहराइजन कलेजमा भर्ना खुलेकोले इच्छुक विद्यार्थीहरूले विश्वस्तरीय आईटी शिक्षा हासिल गरी आफ्नो प्रविधि करियरलाई उचाइमा लैजान कार्यक्रम संयोजक आशिष दाहालको अनुरोध छ ।

    साथै उनले थप जानकारीको लागि https://metahorizon.edu.np, ९७७-९८५१३४४५०१ मा सम्पर्क गर्न समेत अनुरोध गरेका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ