Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

चन्द्रागिरी क्षेत्रमा प्रशोधित पिउने पानी र डेरी व्यवसायको निरीक्षणः नष्ट गरिए ९७ थान जार र १२ लिटर दूषित दूध


ग्लोबल पाना
बुधबार, पुस २४ २०८१
  • 269
    SHARES

  • images
    चन्द्रागिरी क्षेत्रमा प्रशोधित पिउने पानी र डेरी व्यवसायको निरीक्षणः नष्ट गरिए ९७ थान जार र १२ लिटर दूषित दूध

    काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चन्द्रागिरी नगरपालिका क्षेत्रमा प्रशोधित पिउने पानी उद्योग र डेरी व्यवसायको निरीक्षण गर्दै उपयुक्त मापदण्ड पूरा नगरेका खाद्य पदार्थ नष्ट गरेको छ।

    images
    images
    images

    पानी उद्योग निरीक्षणः
    मिति २०८१ मंसिर १९ गते, मोवाइल फुड ल्याव भ्यानको प्रयोग गर्दै चन्द्रागिरी नगरपालिका क्षेत्रका ६ वटा प्रशोधित पिउने पानी उद्योगहरुको नमूना परीक्षण गरिएको थियो। निरीक्षणको क्रममा पुराना र कुच्चिएका जारहरु प्रयोग भइरहेको पाईएकोले ९७ थान जार तत्काल नष्ट गरियो।

    डेरी र बेकरी व्यवसाय अनुगमनः
    मिति २०८१ मंसिर २२ गते, चन्द्रागिरी क्षेत्रका डेरी र बेकरी व्यवसायहरूको अनुगमनमा १८ थान खाद्य पदार्थ नमूना सङ्कलन गरिएको थियो।

    विशेष रूपमा, एन.डी.डी कृषि तथा पशुपन्छी फार्म (चन्द्रागिरी–१५) मा उपभोग्य मिति नाघेका ४ थान दही र १ थान लच्छा पराठा फेला परेका थिए, जसलाई तत्काल नष्ट गरियो। साथै, पौडेल डेरी (चन्द्रागिरी–१२) मा परीक्षण गर्दा खुला दूधमा ल्भगतचबष्शिभच पाइएकोले करिब १२ लिटर दूध नष्ट गरी कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ।

    सर्वसाधारणलाई स्वच्छ र गुणस्तरीय खाद्य पदार्थ उपभोग गर्न सचेत रहन अनुरोध गर्दै, गुणस्तरमा सम्झौता गर्ने व्यवसायहरूविरुद्ध विभाग निरन्तर सक्रिय रहने जानकारी प्रवक्ता मोहन कृष्ण महर्जनले दिनुभएको छ।

     

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ