२५ पुस, काठमाडौं । कामना सेवा विकास बैंकले बसुन्धारा, काठमाडौं स्थित इशान बाल तथा महिला अस्पतालसँग सेवा शुल्कमा छुट दिने सम्झौता गरेको छ। यो सम्झौताअनुसार बैंकका कर्मचारी र ग्राहकहरुले ल्याब सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।
सर्वसाधारणलाई स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने उद्देश्यले स्थापित इशान बाल तथा महिला अस्पताल प्रा.लि. मा बैंकसँग आबद्ध कर्मचारी र ग्राहकहरुले आफ्नो बैंकसँगको सम्बन्ध प्रमाणित गरी यो सुविधा सहजै लिन सक्नेछन्।
बैंकले यो सहकार्यबाट आफ्ना ग्राहक र कर्मचारीलाई थप लाभ प्रदान गर्न पाउँदा खुशी व्यक्त गरेको छ। यस सम्झौताले बैंकसँग आबद्ध महानुभावहरुलाई विशेष सुविधा दिन मद्दत गर्ने विश्वास गरिएको छ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


