काठमाण्डौ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सरकारले ल्याउने न्यूनतम साझा कार्यक्रम नागरिकका विषयलाई पहिलो प्राथमिकतामा राखेर आउने बताएका छन् । बिहीवार मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीसँग बोल्दै गृहमन्त्री लामिछानेले सरकारको न्यूनतम साझा कार्यक्रम नागरिकका विषयलाई पहिलो प्राथमिकतामा राखेर आउने बताएका हुन् ।
उनले अहिलेको सरकार जनमतको आधारमा बनेको भन्दै जनमतको चाहाना पूरा गर्ने गरी कार्यक्रम आउने बताए । सरकारको साझा कार्यक्रममा स्वास्थ्य क्षेत्रको सुधार, टाइम कार्ड लगाएर लाइन लाग्नुपर्ने झन्झटलाई अन्त्य गरेर सेवा प्रवाहलाई चुस्त बनाउन र युवा स्वरोजगारसहित विभिन्न नीतिगत कार्यक्रम समेटिने उनको भनाइ छ ।
लामिछानेले साझा कार्यक्रम अन्तिम चरणमा पुगेको बताए । सरकारमा रहेका पार्टीहरू विचार र सिद्धान्तभन्दा पर गएर न्यूनतम साझा कार्यक्रममार्फत अघि बढ्ने उनले जिकिर गरे । उनले नागरिकलाई सुख र सुविधा दिने हकमा, बेथितिलाई अन्त्य गर्ने हकमा, भ्रष्टाचारलाई निर्मूल गर्ने विषयमा पनि सबै दल सहमत रहेको बताए ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


