काठमाडौं । Cathay Pacific Airlines को हङकङ उडानमा खाद्य विषाक्तता भएको घटनासम्बन्धी प्रेस नोट जारी गरिएको छ। खाद्य सुरक्षा सम्बन्धी अन्तर्राष्ट्रिय नियामक निकाय, अन्तर्राष्ट्रिय खाद्य सुरक्षा प्राधिकरण नेटवर्क (INFOSAN), जसलाई विश्व खाद्य कार्यक्रम (FAO) र विश्व स्वास्थ्य संगठन (WHO) द्वारा सञ्चालित गरिएको छ, र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले INFOSAN को आपतकालिन सम्पर्क पोइन्टको रूपमा कार्य गर्दै आएको छ।
मिति २०२५ जनवरी ११ मा INFOSAN Secretariat बाट प्राप्त जानकारी अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंबाट हङकङ उडान गरेको Cathay Pacific Airlines को मिति २०२४ जनवरी ८ र जनवरी ९ का उडानमा खाद्य विषाक्तता भएको घटनाको जानकारी प्राप्त भएको छ। जनवरी ८ को उडानमा १० जना र जनवरी ९ को उडानमा १८ जना यात्रु प्रभावित भएका छन्।
यस घटनासम्बन्धी अध्ययन रिपोर्ट तयार गर्नका लागि विभागका महानिर्देशक श्री संजीव कुमार कर्णको अध्यक्षतामा २०८१ पौष २८ गते इन्फोसान सम्बन्धी बैठक सम्पन्न भएको थियो। बैठकको निर्णय अनुसार विस्तृत अध्ययन प्रतिवेदन ७ दिन भित्र विभागलाई बुझाउन चार सदस्यीय समिति गठन गरिएको छ। यस समिति प्रमुख श्री सुमन धिताल, शाखा प्रमुख (कोडेक्स र INFOSAN सचिवालय) को नेतृत्वमा गठन गरिएको हो।
साथै, विमानस्थल परिसरमा सञ्चालन भइरहेका खाद्य व्यवसाय र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई सेवा प्रदायकलाई यात्रुहरूको लागि उपलब्ध गराइने खाद्य पदार्थको स्वच्छता र गुणस्तरीयता सुनिश्चित गर्न सम्बन्धित सबै पक्षलाई सचेत गराइन्छ।

.gif)




 x 450 (H) Global Pana.jpeg)


