काठमाडौं । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्री विद्या भट्टराईले नागरिकसँग जोडिएका शिक्षाका कामहरूमा जवाफदेहिता हुनुपर्ने बताउनु भएको छ । मिति २०८१।१०।०३ गते बुधबारको मन्त्रालयको उच्च व्यवस्थापन समूह (SMT) को बैठकमा उक्त कुरा बताउनु भएको हो । अहिले शिक्षा क्षेत्रमा हुने गरेका साना साना घटना पनि मन्त्रालयसँग जोडिएका छन् ।
स्रोत हामिसँग भएकोले जवाफदेहिता पनि हामिसँगै जोडिन्छ त्यसैले यसमा गम्भिरतापूर्वक लाग्न उहाँले निर्देशन दिनुभयो । मन्त्रालय र अन्तर्गतका निकायबाट आम नागरिक एवम् सरोकारवालाहरूलाई प्रदान गर्ने सेवा सम्बन्धी तथ्य, सूचना तथा जानकारीहरू Online Platform लगायत अन्य माध्यमबाट सार्वजनिक गरिनुपर्ने कुरामा जोड दिँदै उहाँले शिक्षा तीनओटै सरकारको विषय भएकोले प्रदेश र स्थानीय तहसंग समन्वय गर्नुपर्ने कुरा बताउनु भएको थियो ।
उक्त बैठकमा विभिन्न एजेण्डामा छलफल भई मन्त्रालयको प्रभावकारी कार्यसम्पादन गर्ने विषयमा निर्णय भएका थिए ।
एजेण्डाहरू:
१. यसअघिको SMT बैठकका निर्णयहरु कार्यान्वयनको समीक्षा,
२. मन्त्रालयका महाशाखाहरु एवं अन्तर्गतका निकायहरुमा विभिन्न समयमा गठन भएका कार्यदलहरुबाट हालसम्म भएका कार्य प्रगतिको समीक्षा,
३. यस मन्त्रालयसँग सम्बन्धित नागरिकका सरोकारहरु सम्बोधनका लागि प्रदेश र स्थानीय तहहरुसँग सम्पर्क, समन्वय र सहकार्यको प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउने ।
४. SEE परीक्षाको नतिजा सुधारका लागि कार्ययोजना तयार गर्ने
५. मन्त्रालय र अन्तर्गतका निकायहरुबाट प्रदान गरिने छात्रवृत्ति लगायत आम नागरिकको लागि उपलब्ध सेवाहरुको विवरण सम्बन्धित महाशाखा, आयोग, निकाय, वोर्ड, केन्द्र एवं समितिले (कानूनी प्रावधान पुर्याउनुपर्ने, रित लाग्ने समय र तथ्य तथ्यांक समेत) स्पष्ट खुलाई सर्वसाधारणको जानकारीको लागि समय समयमा वेबसाइट, सामाजिक संजाल एवं विभिन्न सञ्चार माध्यमबाट पर्याप्त प्रचारप्रसार गर्ने विषय ।
माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्री विद्या भट्टराईको उपस्थितिमा सम्पन्न उक्त बैठकमा शिक्षा सचिव, विज्ञान सचिव, मन्त्रालयका महाशाखा प्रमुखज्यूहरू, विभागीय कार्यालयका प्रमुखहरू, तथा उच्चस्तरका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


