Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

‘होस्टेल ३’को गीत ‘टिक टिक टिक’ सार्वजनिक, दर्शकमा उत्साह


ग्लोबल पाना
शुक्रबार, माघ ४ २०८१
  • 313
    SHARES

  • images
    ‘होस्टेल ३’को गीत ‘टिक टिक टिक’ सार्वजनिक, दर्शकमा उत्साह

    काठमाडौं। आगामी फागुन २३ गते रिलिज हुने नेपाली चलचित्र ‘होस्टेल ३’को गीत ‘टिक टिक टिक’ सार्वजनिक गरिएको छ। शुक्रवार सार्वजनिक गीतमा चलचित्रका सबै प्रमुख कलाकारहरूको आकर्षक नृत्य रहेको छ । गीतमा अलमोडा राणा उप्रेतीको शब्द, सङ्गीत र स्वर रहेको छ। यसमा अलमोडासँगै सन्तोष राणाले र्‍याप भोकल दिएका छन्।

    images
    images
    images

    ‘टिक टिक टिक, जाने समयसँग सिक साथी, ठिक ठिक ठिक, एक दिन हुन्छ सबै ठिक’ यो गीत रचनाले कलेज जीवनका उतारचढावलाई सङ्गीतमय रूपमा उजागर गर्दै विविध पृष्ठभूमिका साथीहरूबीचको बन्धुत्वलाई मजबुत रूपमा प्रस्तुत गरिएको छ । यस गीतले दर्शकलाई आफ्नै कलेज जीवन सम्झन बाध्य बनाउँछ । गीतमा चार मुख्य अभिनेताहरू पारस बम (कुलब्वाई), रिहान गिरि, आशिष घिमिरे, र पदम तामाङ तथा अभिनेत्रीहरू सिम्रन पन्त, हेना नगरकोटी, र समा पराजुली फिचर्ड छन् । प्रविण सिंहले कोरियोग्राफी गरेको यो गीत सार्वजनिक भएसँगै टिकटक तथा रिल्समा ट्रेन्डिङ हुन थालेको छ भने युट्युबमा उत्साहजनक प्रतिक्रियाहरू आइरहेका छन् ।

    ‘होस्टेल ३’ नेपालको चर्चित चलचित्र शृङ्खला ‘होस्टेल’ को तेस्रो संस्करण हो । चलचित्रको निर्देशन सशान कँडेलले गरेका हुन् भने स्क्रिप्ट माधव शर्माले लेखेका छन् । कथा निर्देशक कँडेलकै हो । यसमा क्याम्पस जीवनका सङ्घर्ष, मित्रता, र रमाइलो क्षणहरूको कथा रहेको छ । चलचित्रमा उमर खान, सन्तोष बानियाँ, रोहन श्रेष्ठ, आशिष् पुरुषलगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।

    चलचित्र सम्मान इन्टरटेनमेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा निर्माण गरेको हो । निर्माताहरू सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी तथा कार्यकारी निर्माता शङ्कर कोइराला हुन् । सह निर्माताहरू शिशिर ज्ञवाली, कुन्दन गुप्ता र अनीश सिग्देल तथा लाइन प्रोड्युसर कोसिसराज क्षेत्री हुन् ।

    अर्जुन तिवारी डिओपी, बुद्ध थापा र मनोज खत्री सिनेमाटोग्राफर, सुदिप कुँवर मुख्य सहायक निर्देशक, यम प्रसाद ओली प्रोडक्सन डिजाइनर हुन् । चलचित्रका सङ्गीतकारहरू अर्जुन पोखरेल, अलमोडा राणा उप्रेती, महेश ज्ञवाली र किरण माइकल हुन्, जसमा विकास दाहालको सम्पादन, प्रवीण सिंह र रोशन विश्वकर्माको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व निर्देशन, राकेश दाहालको पोस्टर डिजाइन रहेको छ ।

    यो चलचित्र फागुन २३ गते नै नेपाल बाहिरका विभिन्न देशहरूमा पनि प्रदर्शनमा आउने तयारी छ । नेपाल वितरक आरआर फिल्म्स र काफिया फिल्म्स हुन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ