Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

सरकारले युवाहरूलाई रोजगारी दिन सक्दैन : गगन थापा


ग्लोबल पाना
बिहीबार , माघ १० २०८१
  • 440
    SHARES

  • images
    सरकारले युवाहरूलाई रोजगारी दिन सक्दैन : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले युवाहरूलाई रोजगारी दिन नसक्ने बताएका छन्। बिहीबार नवलपरासीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले युवाहरूलाई सरकारले नभएर नीजीक्षेत्रले रोजगारी दिनुपर्ने बताए।

    images
    images
    images

    ‘सरकारले रोजगारी दिन सक्दैन। रोजगारी दिने वातावरण बनाइदिनुपर्छ,’ उनले भने। पछिल्लो आँकडाअनुसार वर्षमा करिब ५ लाख जनशक्तिलाई रोजगारीको सिर्जना गर्नुपर्ने उनले बताए।

    सरकारले सेना, प्रहरी, शिक्षक, निजामति सेवालगायत गरेर मुस्किलले २० हजारलाई मात्र रोजगारी दिनसक्ने र बाँकी ४ लाख ८० हजार बेरोजगार हुने अवस्था रहेको उनको भनाइ छ।

    ‘सरकारले रोजगारी दिन्छु भन्यो भने कसैले नपत्याउनु । सरकारले रोजगारी दिन सक्दैन, केवल वातावरण बनाउने मात्रै हो,’ उनले भने।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ